Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

ब्लुटुथ अब निकै द्रुत हुने, नयाँ मापदण्डलाई स्वीकृति

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्लुटुथ अब निकै द्रुत हुने, नयाँ मापदण्डलाई स्वीकृति
Photo / Coverage: टेक्नोलोजी खबर

ब्लुटुथ प्रविधिको मापदण्ड विकास गर्ने संस्था ब्लुटुथ एसआईजीले हाई डाटा थ्रुपुट (एचडीटी) नामको नयाँ प्रविधिलाई स्वीकृति दिएको छ। यसले ब्लुटुथ एलई प्रविधि प्रयोग गर्ने उपकरणमा डेटा पठाउने र प्राप्त गर्ने गति निकै बढाउनेछ। नयाँ मापदण्ड लागू भएपछि डाटा स्थानान्तरणको अधिकतम गति प्रतिसेकेन्ड २ मेगाबिटबाट बढेर ७.५ मेगाबिट पुग्नेछ। यो पहिलेको तुलनामा झन्डै चार गुणा छिटो हो। एचडीटी नयाँ ब्लुटुथ कोर ७.० मापदण्डमा समावेश गरिएको वैकल्पिक सुविधा हो। यसको अर्थ उपकरण निर्माता कम्पनीहरूले आफ्ना उपकरणमा यो प्रविधि अनिवार्य रूपमा राख्नुपर्ने छैन। यसको पहिलो ठूलो सुधार अडियो उपकरणमा देखिने अपेक्षा गरिएको छ। ब्लुटुथ एसआईजीका अनुसार एचडीटीमा आधारित उच्च गुणस्तरको वायरलेस अडियो मापदण्ड सन् २०२७ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यो मापदण्डले गुणस्तरमा कुनै कमी नआउने अडियो, उच्च रेजोल्युसनको अडियो, मल्टिच्यानल सराउन्ड साउन्ड र स्पेसियल अडियो प्रसारण गर्न सक्नेछ। एचडीटी प्रविधि भएका पहिलो उपकरण सन् २०२७ को सुरुवातमा बजारमा आउने अपेक्षा गरिएको छ। ती उपकरण जनवरीमा आयोजना हुने सीईएस प्रदर्शनीमा समेत सार्वजनिक हुन सक्छन्। नयाँ प्रविधिले सिग्नल पठाउने उन्नत तरिका प्रयोग गर्छ, जसले एकैपटक धेरै डाटा स्थानान्तरण गर्न सम्भव बनाउँछ। यसले प्रतिसेकेन्ड २, ३, ४, ६ र ७.५ मेगाबिटको गति समर्थन गर्छ। सिग्नल कमजोर भएको अवस्थामा कनेक्सन नटुटोस् भनेर उपकरणले स्वचालित रूपमा गति घटाउन सक्छन्। टेलिग्राफका अनुसार यसको अर्को फाइदा भनेको बढी गतिले ब्याट्रीको आयुमा असर नपार्ने अपेक्षा गरिएको छ। बरु डाटा छिटो स्थानान्तरण हुने भएकाले उपकरणहरू कम ऊर्जा खपत गर्ने अवस्थामा बढी समय रहन सक्छन्। सुरुवाती परीक्षणमा केही मेगाबाइट आकारको फाइल स्थानान्तरण गर्न करिब चार सेकेन्ड लागेको थियो। अहिलेको प्रविधिबाट यही काम गर्न करिब १६ सेकेन्ड लाग्छ। एचडीटीले डाटा सुरक्षालाई पनि थप मजबुत बनाउनेछ। यसले सन्देशको सत्यता जाँच गर्ने कोडको लम्बाइ ३२ बिटबाट बढाएर ६४ र १२८ बिट पुर्‍याउनेछ। हेडफोन र स्पिकरबाहेक नयाँ मापदण्ड अग्मेन्टेड रियालिटी उपकरण, कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण, औद्योगिक प्रणाली, स्मार्टवाच, फिटनेस ब्रेसलेट र स्मार्ट होम उपकरणका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ। उदाहरणका लागि, स्मार्टवाचले धेरै घण्टासम्म गरेको व्यायामको डाटा केही सेकेन्डमै मोबाइल फोनमा पठाउन सक्नेछ। त्यस्तै, स्मार्ट चस्माले डेटा प्रशोधनका लागि अन्य उपकरणमा पठाउन सक्नेछ, जसले अझ उन्नत एआई सुविधा प्रयोग गर्न सम्भव बनाउनेछ। अधिकतम गति प्राप्त गर्न दुवै उपकरणले एचडीटी मापदण्ड समर्थन गर्नुपर्नेछ। यदि एउटा उपकरणमा मात्र यो प्रविधि छ भने पनि कनेक्सन चलिरहनेछ, तर हाल उपलब्ध ब्लुटुथ एलई सुविधाअनुसार नै काम गर्नेछ। ब्लुटुथ एसआईजीमा ४३ हजारभन्दा बढी सदस्य कम्पनी छन्। यी कम्पनीहरूले प्रत्येक वर्ष ब्लुटुथ प्रविधि भएका पाँच अर्बभन्दा बढी उपकरण उत्पादन गर्छन्। The post ब्लुटुथ अब निकै द्रुत हुने, नयाँ मापदण्डलाई स्वीकृति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था
TechnologyJust now

डाटा सेन्टरको वातावरणीय असरबारे चिन्ता जनाउँदै पनि एआई प्रयोग गर्दै वातावरण संरक्षण गर्ने संस्था

विश्वभरका वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क विश्लेषण गर्न, वन डढेलोको निगरानी गर्न र लोपोन्मुख वन्यजन्तुको गणना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न थालेका छन्। तर यही प्रविधिका कारण विद्युत् खपत, पानीको प्रयोग र हरितगृह ग्यास उत्सर्जन बढिरहेको भन्दै उनीहरूले चिन्तासमेत व्यक्त गर्दै आएका छन्। एआईको प्रयोगले वातावरणमा नकारात्मक असर पार्न सक्ने भए पनि जलवायु परिवर्तन र जैविक विविधताको संकट सामना ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा
TechnologyJust now

एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनले निगरानी गरिरहेको दाबी गरिएको छ । प्रतिवेदनअनुसार सिंगापुरमा मुख्यालय रहेको प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई जेन्सेनमाथि जासुसी गर्न चीनले परिचालन गरेको आशंका गरिएको छ ।विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनको गतिविधिबारे सूचना संकलन ...

आइसिटी समाचार
ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर
TechnologyJust now

ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले ११ अर्ब अमेरिकी डलरको नयाँ लगानी जुटाएको छ । कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर कायम गरिएको यस लगानी चरणको यो पहिलो हिस्सा भएको यस विषयमा जानकार एक स्रोतले शुक्रबार जानकारी दिएको छ ।ओपनएआईले सुरुमा ३० अर्ब डलरसम्म लगानी जुटाउने लक्ष्य राखेको थियो । हाल प्राप्त ११ अर्ब डलर उक्त लक्ष्यको एक ...

आइसिटी समाचार
साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?
TechnologyJust now

साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?

काठमाडौं । नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ । तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ ।यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play