ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, ‘वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे’

साओ पाउलो । ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारोले बुधबार संयुक्त राज्य अमेरिका पुगेर आफू ब्राजिलको वैध नेता भएको घोषणा गरेका छन् । उनले आफू सर्वोच्च अदालत र राष्ट्रपति लुइज इनाचियो लुला डा सिल्भाको चुनावी कुको सिकार भएको दाबी गरेका छन् । राष्ट्रपति लुलाले ४० लाखभन्दा बढी मतान्तरले चुनाव जितेका थिए। बोल्सोनारो बुधबार ब्राजिलबाट मियामी आइपुगेका हुन् । उनले आफूलाई यात्रामा सहयोग गरेकोमा अर्जेन्टिनाका नेता जाभियर माइली र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद् दिए । सुरुमा ’एक्स’ मा पोस्ट गरिएको खुला पत्रमा बोल्सोनारोले आफूलाई ‘निर्वाचित राष्ट्रपति’ लेखेका थिए पछि उनले उक्त पोस्ट हटाएर अर्को पोस्ट गरे, जहाँ ‘ब्राजिलको वैध नेता’ भनिएको छ । उक्त पोस्टमा उनले भनेका छन्, ‘म मेरा ६० लाख मतदातालाई मात्र होइन, समस्त ब्राजिलियाली जनतालाई यो भन्न चाहन्छु कि म नै नेता हुँ । ब्राजिलको चुनाव चोर्ने अपराधीहरू एउटा यस्तो आपराधिक संस्थाका हिस्सा हुन् ,जसले तानाशाही लादेको छ ।’ लुलाको जितलाई ब्राजिलको संघीय निर्वाचन अदालत, विश्वका नेताहरू, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र बोल्सोनारो आफैँ आबद्ध पार्टीले समेत मान्यता दिइसकेका छन् । यद्यपि, बोल्सोनारोले भने हार स्विकारेका छैनन् । ब्राजिलको निर्वाचन कानुनी र संवैधानिक आवश्यकताहरूको पूर्ण पालना गर्दै सम्पन्न भएको निर्वाचन आयोगका प्रमुख कासियो नुनेस माक्र्वेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रम्पले टिप्पणी गरेनन् जोइन्ट बेस एन्ड्रयुजमा पत्रकारहरूले बोल्सोनारोको टिप्पणीबारे ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले यसमा प्रतिक्रिया दिन अस्वीकार गरे । तर, चुनावी नतिजा अचम्मित पार्ने खालको रहेको बताए । यसअघि पनि उनले यस्तै अभिव्यक्ती दिएका थिए । बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । विश्वकै दोस्रो ठूलो दुर्लभ खनिज (रेयर अर्थ) को भण्डार रहेको ब्राजिलसँग अमेरिका सम्बन्ध सुधार्न चाहेको छ । किनकि, अहिलेसम्म दुर्लभ खनिजका लागि आफ्नो रणनीतिक प्रतिस्पर्धी चीनमै निर्भर हुनुपर्ने बाध्यता अमेरिकालाई छ । तर, राष्ट्रपति लुलासँग ट्रम्पको सम्बन्ध खासै राम्रो छैन । यसअघि बोल्सोनारो परिवारलाई पुनः सत्तामा फर्काउन वाशिङ्टनले उनीहरूसँग मिलेर षड्यन्त्र रचिरहेको आरोप लुलाले लगाएका थिए । अमेरिकाले भने ब्राजिलको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेको बताउँदै आएको छ । यसअघि सन् २०२२ मा लुलासँग पराजित भएपछि फ्लाभियोका बाबु जैर बोल्सोनारो पनि अमेरिका आएका थिए । उनले पनि त्यसबेला पराजय स्विकारेका थिएनन् । केही समय अमेरिका बसेर ब्राजिल फर्किएका उनलाई चुनाव नतिजा सार्वजनिक भइसकेपछि सत्ता कब्जा गर्ने नियतस्वरुप ‘कु षड्यन्त्र’ बुनेको अभियोगमा पक्राऊ गरिया । यस अभियोगमा उनलाई २७ वर्ष ३ महिना जेल सजाय सुनाइएको छ । फ्लाभियोको घोषणाबारे अहिलेसम्म अमेरिकी विदेश मन्त्रालय, ब्राजिली राष्ट्रपति लुलाको कार्यालय र त्यहाँको अदालतले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । रोयटर्स
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


