बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका पण्डितले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनासमक्ष शपथ लिनुभएको हो । शपथसँगै उहाँले नियुक्तिपत्रसमेत बुझ्नुभएको छ । शपथपछि चाबहिलको सरस्वतीनगरस्थित बोर्ड कार्यालय पुगेका पण्डितले पदभार ग्रहण गर्नुभएको छ । उहाँ बोर्डका १९औं अध्यक्ष हुनुहुन्छ । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । बोर्डका निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोज १ गते नयाँ अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । उक्त पदका लागि पण्डितसहित १२ जनाले आवेदन दिएका थिए । आवेदनमध्येबाट छनोट सूचीमा पर्नुभएका नरेश पौडेल, निशा अधिकारी र मनिष पण्डितको नाम मन्त्रिपरिषद्मा सिफारिश गरिएको थियो । मन्त्रिपरिषद्ले पण्डितलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पण्डित चलचित्र निर्माता तथा लेखकसमेत हुनुहुन्छ । उहाँले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’बाट चलचित्र निर्माणमा प्रवेश गर्नुभएको थियो । उक्त चलचित्रमा उहाँले कार्यकारी निर्माताका रूपमा काम गर्नुभएको थियो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल बोर्ड अध्यक्ष हुँदा पण्डितले बोर्डमा बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गर्नुभएको थियो । बोर्डमा केही समय परामर्शदाताका रूपमा काम गर्नुभएका उहाँ करिब आठ वर्षपछि पुनः सोही संस्थामा फर्किनुभएको छ । यसपटक भने उहाँ बोर्डको नेतृत्व गर्ने जिम्मेवारीमा पुग्नुभएको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए। आज... ...

मिनी संसदमा विधेयकको चाप
काठमाडौँ, कात्तिक १० गते । सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा... ...

राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने
नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ। वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो। वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम द... ...

नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको प्रमुख राजनीतिक शक्ति हो । प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको रक्षा र लोकतान्त्रिक व्यवस्था निर्माणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ तर इतिहासको गौरवशाली विरासतले मात्र वर्तमानको राजनीतिक आवश्यकता पूरा गर्न सक्दैन । बदलिँदो समाज, नागरिकका नयाँ आकांक्षा र राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न कांग्रेसले आफूभित्र गम्भीर समीक्षा, सुधार र रूपान्तरणको प्रक्रिया अघि ...


