Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो।

त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्।

संघको कार्यकारी सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्।

संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय छ। कार्यकारी समितिका सदस्य रहेका लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले पद छाडेपछि एउटा सदस्य पद रिक्त थियो।

त्यस्तै, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले पनि कार्यकारी समितिमा दुई कार्यकाल पूरा गरेका छन्। नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यमा रहने भएका छन्।

उपाध्यक्षमा चयन भएका खनालको स्थानमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ।

संघको साधारणसभामा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
Latest NewsJust now

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार जगन्नाथ गाउँपालिकाको मनीकाँडामा दुर्घटना भएको हो । ...

कान्तिपुर
मलेसिया जाने श्रमिक ठगी प्रकरण- ५ महिनादेखि प्रधानमन्त्रीकै टिमबाट भइरहेको थियो अनुसन्धान
Latest NewsJust now

मलेसिया जाने श्रमिक ठगी प्रकरण- ५ महिनादेखि प्रधानमन्त्रीकै टिमबाट भइरहेको थियो अनुसन्धान

प्रहरीले पक्राउ पूर्जी लिनु पहिले नै देश छाडेर फरार भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल अन्ततः हिरासतमा पुगेका छन्।  मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रुपमा रकम लिएको र उक्त रकम मलेसिया पठाउन भूमिका खेलेको आरोपमा पूर्वश्रम सचिव समेत रहेका अर्याललाई थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको हो। उनलाई थुनामा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान... ...

नेपालखबर
गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने विषयमा छलफल
Latest NewsJust now

गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने विषयमा छलफल

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ । त्यसैगरी, फेवाताललगायत प्रदेशका अन्य तालहरूको संरक्षणका लागि संघ र प्रदेश सरकारले संयुक्त ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement