पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । भेटमा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ । त्यसैगरी, फेवाताललगायत प्रदेशका अन्य तालहरूको संरक्षणका लागि संघ र प्रदेश सरकारले संयुक्त रूपमा काम गर्ने विषयमा पनि छलफल भएको थियो । ऊर्जाको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशका ऊर्जा विकाससम्बन्धी आयोजना निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापन र सिँचाइका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै सरकारबीच सहकार्य आवश्यक रहेकोमा भेटमा जोड दिइएको थियो । संघ र प्रदेशबीच आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्दै विकास निर्माणका कामलाई गति दिने विषयमा समेत छलफल भएको जनाइएको छ । The post गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने विषयमा छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेश सहकार्य गर्ने विषयमा छलफल

Read Complete Original Article
Published originally on कर्पोरट खबर






