बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई ५ अर्ब डलरमा किन्न अमेरिकी लगानी कम्पनी टीपीजीको प्रयास

बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई करिब ५ अर्ब डलर मूल्यांकनमा खरिद गर्न अमेरिकी लगानी कम्पनी टीपीजीले छलफल गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ। बुधबार प्रकाशित समाचारअनुसार टीपीजीले आर्कको स्वामित्व रहेको इलियट इन्भेस्टमेन्ट म्यानेजमेन्टसँग खरिदबारे छलफल गरिरहेको छ। यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै एफटीले वार्ता जारी रहे पनि सम्झौता हुने निश्चित नभएको जनाएको छ। उक्त समाचारको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको र टिप्पणीका लागि गरेको अनुरोधमा टीपीजी र आर्क डाटा सेन्टर्सले तत्काल प्रतिक्रिया नदिएका रोयटर्सले उल्लेख गरेको छ। आर्कको बेलायत सरकारको क्याबिनेट अफिससँग संयुक्त लगानीमा क्राउन होस्टिङ डाटा सेन्टर्स सञ्चालनमा छ। यस साझेदारीले बेलायत सरकारका सार्वजनिक क्षेत्रका डाटा सेन्टरसम्बन्धी आवश्यकतामा आर्कलाई पहुँच प्रदान गर्छ। सन् २०१२ मा आर्क डाटा सेन्टर्स अधिग्रहण गरेको इलियटले गत वर्ष उक्त व्यवसाय बिक्री गर्न सकिने सम्भावनासहित रणनीतिक विकल्पहरूबारे छलफल गरिरहेको रोयटर्सले जनाएको थियो। त्यतिबेला कम्पनीको बिक्रीबाट ४ अर्ब डलरभन्दा बढी रकम प्राप्त हुन सक्ने बताइएको थियो। The post बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई ५ अर्ब डलरमा किन्न अमेरिकी लगानी कम्पनी टीपीजीको प्रयास appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ। निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक ...

सामाजिक सञ्जालमा उमेर जाँच प्रभावकारी हुनेमा बेलायती नियामक अफकम विश्वस्त
बेलायतको सञ्चार नियामक निकाय अफकमले आगामी वर्ष १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने व्यवस्था लागू हुँदा अनलाइनमा उमेर जाँच प्रभावकारी रूपमा गर्न सकिने विभिन्न उपाय सार्वजनिक गरेको छ। तर, सुरुदेखि नै अफकमले यी उपाय पूर्ण रूपमा त्रुटिरहित नहुने स्वीकार गरेको छ। यस वर्षको सुरुवातमा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने योजना घोषणा गर्दा उमेर जाँच ...

एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्यो
अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङलाई चिनियाँ जासुसी योजनाको निशाना बनाइएको भन्ने रिपोर्टलाई बेइजिङले शुक्रबार “आधारहीन अनुमान” भन्दै खारेज गरेको छ। बिहीबार प्रकाशित ‘द न्युयोर्क टाइम्स’ को एक लेखमा उल्लेख भएअनुसार, अमेरिकी गुप्तचर अधिकारीहरूले सिंगापुरमा आधारित एक डाटा सेन्टर कम्पनीसँग जोडिएकी एक चिनियाँ कार्यकारीले बेइजिङलाई सूचना उपलब्ध गराइरहेको निष्कर्ष निकालेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा ...

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै
नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टिएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुनेछ। ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यवसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार ...


