Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी सडक खुलाउन सफल भएको जानकारी दिए। उनका अनुसार सडकखण्डका केही स्थानमा आधारभूत संरचनासमेत क्षतिग्रस्त भएका थिए। प्रधानले भने, “अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर-चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ।” चामेनजिकको एक खोलामा आएको बाढीले नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो। सरकारसँग सहकार्य गर्दै कम्पनीले एक्स्काभेटर लगायतका उपकरण र डिजेल उपलब्ध गराएर उद्धार तथा विपद् व्यवस्थापनको काम गरेको हो। कम्पनीले यसअघि पनि उक्त सडकखण्डको मर्मतसम्भार र आपत्कालीन पुनःस्थापनाका लागि जनशक्ति परिचालन गर्दै आएको जनाएको छ। सडक पुनः सञ्चालनमा आएसँगै मनाङका १३ गाउँका करिब ५,६०० स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

१२ बजे १२ समाचार : पीएचपीमा फेरि देखियो सुरक्षा कमजोरी, नेपालको मौसम प्रभावित हुने
ताजा खबरJust now

१२ बजे १२ समाचार : पीएचपीमा फेरि देखियो सुरक्षा कमजोरी, नेपालको मौसम प्रभावित हुने

काठमाडौँ। आज मिति २०८३ साल कात्तिक महिनाको ६ गते शुक्रबार। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १ पीएचपी ह्याकिङ... ...

रातोपाटी
[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
ताजा खबरJust now

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व

२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

कान्तिपुर
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play