बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज

काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो । निर्माण सम्पन्न भएसँगै सोमबारदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलि मंगलबारदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ। The post बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
काठमाडाैँ। यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्। यमनी सेनाका दुई अधिकारीका... ...

सेनाले दुई दिनमै गर्यो आरुघाटको बूढीगण्डकीमा बेलिब्रिज जडान
दुई दिनभित्रै 'बेलिब्रिज' जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। ...

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
प्रहरीले ५७४ किलो ८७० ग्राम (पाँच क्विन्टलभन्दा बढी) गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। ...

आरुघाटमा दुई दिनमै बेलिब्रिज जडान
काठमाडौं।नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको ...


