Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)

बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती पूर्ण रूपमा प्रभावित भएको छ । बाढीले घर, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन् । स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारका ५८ घरधुरीका घर बस्नै नसक्ने अवस्थामा पुगेका छन् । घरभित्र रहेका सामान बाढीले बगाएको वा पुरेको छ । बाढी आउनुअघि बस्तीको अर्कोपट्टिबाट बग्ने बुढीगण्डकी अहिले घरआँगनबाटै बगिरहेको उहाँले बताउनुभयो । ‘पूरै ध्वस्त भयो, केही छैन । ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन । निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भन्नुभयो, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन् । अहिले हामीसँग केही बाँकी छैन ।’ बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेको र अन्य परिवारले साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेको उहाँले जानकारी दिनुभयो । सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी आफूले पाएको खत्रीले बताउनुभयो । तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन हुने उहाँको भनाइ छ । बाढीले घरमा मात्रै नभई कृषि तथा पशुपालनमा निर्भर स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ । स्थानीय घारे गुरुङको दुई रोपनी जमिनमा लगाइएको खेती बाढीले नष्ट गरेको छ । बाख्रा, गाई र कुखुरालगायत पशुपन्छी पालेर जीविकोपार्जन गर्दै आउनुभएका गुरुङ थप आर्थिक संकटमा पर्नुभएको छ । ‘मेरो दुई रोपनी जमिनको खेती गयो । अरू क्षतिको त हिसाब नै छैन,’ गुरुङले भन्नुभयो । बाढीले घर, खेतबारी र पशुपन्छीमा क्षति पुर्‍याएपछि स्थानीयको आम्दानीको स्रोतसमेत गुमेको छ । घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा सरसफाइका सामग्री आवश्यक देखिएको छ । प्रभावित परिवारको वास्तविक क्षतिको विवरण संकलन, पुनःस्थापना र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । अस्थायी आश्रयमा दिन बिताइरहेका शान्तिबजारवासी राहतसँगै सुरक्षित बसोबास र भविष्यमा यस्ता विपद्बाट जोगिने दीर्घकालीन व्यवस्थाको प्रतीक्षामा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
ताजा खबरJust now

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा... ...

रातोपाटी
दसैँको साख
ताजा खबरJust now

दसैँको साख

आफैँभित्र भरिपूर्ण सुन्दर, समृद्ध शब्द हो झैँ लाग्छ दसैँ । प्रत्येक अक्षरमा विचित्रको रङ्गीचङ्गी चित्र देखिन्छ, यसमा । प्रत्येक ध्वनिमा सुरिलो स्वरकम्पन र बुनोटको बान्कीमा मायावी आ... ...

गोरखापत्र
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
ताजा खबरJust now

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री ...

नेपालन्युज
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play