Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बीसाइड्स काठमाडौं २०२६ सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाको ऐतिहासिक वर्चस्व, शीर्ष तीन स्थानमै कब्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीसाइड्स काठमाडौं २०२६ सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाको ऐतिहासिक वर्चस्व, शीर्ष तीन स्थानमै कब्जा
Photo / Coverage: आइसिटी फ्रेम

९ मंसिर, काठमाडौं। साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बीसाइड्स काठमाडौं २०२६ (BSides Kathmandu 2026) अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीहरूले शीर्ष तीन स्थान हासिल गरेका छन् । नोभेम्बर २१, २०२६ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित उक्त प्रतियोगितामा सफ्टवेरिकाका तीनवटा टोलीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा कब्जा […] The post बीसाइड्स काठमाडौं २०२६ सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाको ऐतिहासिक वर्चस्व, शीर्ष तीन स्थानमै कब्जा appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चालु आर्थिक वर्षको तेस्रो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट
TechnologyJust now

चालु आर्थिक वर्षको तेस्रो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना २०८३ असोज मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट आएको पाइएको छ। यसअघि साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा कारोबार रकम र सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट भएको पाइएको हो। मोबाइल ...

टेक्नोलोजी खबर
एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने
TechnologyJust now

एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने

एन्थ्रोपिकले क्लाउडमार्फत कोड लेख्ने सुविधाबाट अघि बढ्दै अब विकासकर्तालाई उक्त कोड प्रयोगका लागि तयार छ कि छैन भन्ने निर्णय गर्न सघाउने भएको छ। सोमबार कम्पनीले कोड समीक्षा, त्रुटि सुधार र सामान्य कोड परिवर्तनको स्वीकृति प्रक्रियालाई स्वचालित बनाउने एआई एजेन्टहरूको समूह ‘क्लाउड शिप’ सार्वजनिक गरेको हो। यस नयाँ उपकरण समूहमा सबैभन्दा चासोको विषय कोड परिवर्तनलाई स्वचालित रूपमा स्वीकृति दिने सुविधा हो। यसअघि ...

टेक्नोलोजी खबर
एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा
TechnologyJust now

एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा

अमेरिकाले एनभिडियाका एआई चिप चीन पुर्‍याएको आशंकामा अनुसन्धानमा रहेका मेगास्पिड र अलिबाबाको सिंगापुरस्थित सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सलाई व्यापारिक कालोसूचीमा राखेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार मेगास्पिड इन्टरनेसनल, एपेक्स इन्टरप्राइज सोलुसन्ससहित क्लाउड कम्पनीसँग सम्बन्धित अन्य पाँच कम्पनीलाई पनि ‘एन्टिटी लिस्ट’मा समावेश गरेको हो। अब यी कम्पनीले अमेरिकी प्रविधि तथा सामग्री आयात गर्न वाणिज्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। यस्तो अनुमति अस्वीकृत हुने सम्भावना ...

टेक्नोलोजी खबर
बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार
TechnologyJust now

बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ फाङ चेङ बाओ ताई ९ मोडल सार्वजनिक गरेको छ। ६ सिट क्षमताको यो हाइब्रिड एसयूभीमा एउटा अनौठो प्रविधि समावेश गरिएको छ। यसमा रहेको स्टेयरिङ ह्विललाई फोल्ड गरेर ड्यासबोर्डभित्र पूर्ण रूपमा लुकाउन सकिन्छ। सन् २०२६ नोभेम्बरमा चिनियाँ बजारमा सार्वजनिक गरिएको यो गाडी तीन संस्करणमा उपलब्ध छ। यसको मूल्य करिब ३४ हजारदेखि ४० हजार युरोसम्म छ। स्टेयरिङ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement