बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न

डिजिटल मार्केटिङ (सोसियल मिडिया मार्केटिङ तथा कन्टेन्ट क्रिएसन) सम्बन्धी ६ दिने तालिम बीरगञ्जमा समापन समारोहसहित सफलतापूर्वक सम्पन्न भएको छ। अक्टोबर ९ देखि १४ सम्म तालिम सञ्चालन गरिएको थियो। क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ बीरगञ्जका पूर्व अध्यक्ष राकेश शाहले यस्तो सीपमूलक तालिम आयोजना गरेकोमा रोबोटिक्स एसोसिएसन अफ नेपाल र कोड प्रोजेक्टप्रति आभार व्यक्त गरेका छन्। यस्ता तालिमलाई आफूले सधैँ सहयोग गर्ने र भविष्यमा पनि बीरगञ्जमा यस्ता कार्यक्रम हुने अपेक्षा गरेको उनले बताए। साथै, कोड प्रोजेक्टका संयोजक रिषभ राजलाई आफ्नो फर्मका लागि डिजिटल मार्केटरका रूपमा ५ जना विद्यार्थी सिफारिस गर्न अनुरोध गरेको र उनीहरूलाई पारिश्रमिकसहितको इन्टर्नसिप उपलब्ध गराउने घोषणा गरे। आवर संसार नेपालका अध्यक्ष तथा उद्यमी मुकेश शाहले विद्यार्थीहरूले यस्ता तालिमबाट ज्ञान र प्रमाणपत्र पाउनुका साथै कोर्सेरा जस्ता अनलाइन प्लेटफर्मबाट पनि सिक्न र प्रमाणपत्र लिन सक्छन् भन्ने जानकारि दिए। The post बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर
काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि १४ सम्म सञ्चालन भएको तालिम समापन समारोहसहित सम्पन्न भएको हो ।तालिमले सहभागी विद्यार्थीको डिजिटल सीप विकास गर्नुका साथै रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने लक्ष्य राखेको थियो ।समापन समारोहमा क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ वीरगञ्जका पूर्वअध्यक्ष राकेश शाहले युवालाई व्यावहारिक ...

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई
काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने अधिकार प्राप्त गरेको छ । कम्पनीले मंगलबार यससम्बन्धी सम्झौता भएको जानकारी दिएको हो ।नेटफ्लिक्सका लागि स्पेनमा पुरुषहरूको प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रसारण गर्न लागेको यो पहिलो अवसर हुनेछ । यसअघि सन् २०२६ को विश्वकप स्पेनमा सरकारी टेलिभिजन च्यानल टीभीईले प्रसारण गरेको थियो । ...

राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ ।बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् ...


