Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन पाइने भएको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा त्यसको फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको हो। बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको परिपत्रमा परिचयपत्रको फोटोकपीमा उल्लेखित विवरण स्पष्ट देखिने अवस्थामा स्वास्थ्य बीमा नम्बरका आधारमा बीमितको पहिचान यकिन गरी सेवा दिन भनिएको छ। त्यस्तै, स्वास्थ्य संस्थाले आफ्नो दर्ता प्रणालीमा बीमा नम्बर भिडान गरी सम्बन्धित व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भए वा नभएको पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारण देखाएर मात्रै बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न पनि बोर्डले सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि
Latest NewsJust now

जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि

मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बार्रेटोले जितेकी छन्। सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उनलाई विजेता घोषणा गरिएको हो।  डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप भइन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्। ...

नेपालखबर
भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड
Latest NewsJust now

भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अक्वायर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मानसहित ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेसतर्फ प्रिन्सिपल क्लायन्ट गरी दुई विधामा अवार्ड पाएको हो।&... ...

नेपालखबर
ओमोडा जेइकूद्वारा एनपीएल सिजन-३ को प्रायोजन सहकार्य सम्पन्न, रिजन ढकालले जिते जेइकू जे५ प्रो
Latest NewsJust now

ओमोडा जेइकूद्वारा एनपीएल सिजन-३ को प्रायोजन सहकार्य सम्पन्न, रिजन ढकालले जिते जेइकू जे५ प्रो

काठमाडौं । ओमोडा जेइकूले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा गरेको प्रायोजन सहकार्य सम्पन्न गरेको छ । कम्पनीले प्रतियोगितामा ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोरह्वीलर पार्टनर’ का रूपमा सहकार्य गरेको थियो । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा […] ...

लोकपथ
भटमासको तेल आयात र निर्यात दुवैमा पहिलो, यस्तो छ कात्तिकसम्मको व्यापार
Latest NewsJust now

भटमासको तेल आयात र निर्यात दुवैमा पहिलो, यस्तो छ कात्तिकसम्मको व्यापार

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ८ खर्ब ३ अर्ब १० करोडको वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा १ खर्ब ३४ अर्ब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement