Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन
Photo / Coverage: पर्दाफास

प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्गको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सभापति गजुरेलको नेतृत्वमा शुक्रबार सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी र इन्जिनियर शंकर खनालबीच भएको छलफलमा राजमार्गको हालसम्मको निर्माण प्रगति, निर्माणका क्रममा देखिएका समस्या तथा आगामी कार्ययोजनाका विषयमा जानकारी लिइएको थियो। छलफलका क्रममा सभापति गजुरेलले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति, निर्माण सामग्री तथा प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिए । उनले निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए । हालै सडक डिभिजन प्रमुखका रूपमा सरुवा भई आएका अभिमन्यु मुल्मीलाई राजमार्ग निर्माणको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिन सभापति गजुरेलले आग्रह गरे । सभापति गजुरेलले बीपी राजमार्ग सिन्धुली, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रका नागरिकको आवागमन, व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सडक पूर्वाधार भएकाले यसको निर्माणमा अनावश्यक ढिलाइ हुन नदिनुपर्ने बताए । निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे । बीपी राजमार्गको निर्माण कार्य समयमै सम्पन्न हुँदा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित हुनुका साथै स्थानीय आर्थिक गतिविधि, व्यापार तथा पर्यटन प्रवद्र्धन र समग्र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना
OthersJust now

चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ । नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको आज एक समारोहबीच उद्घाटन गरिएको ...

पर्दाफास
जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी
OthersJust now

जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्। जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु

११ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले प्रतियोगितालाई सभ्य र भव्य बनाउनुपर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद हाम्रो महाकुम्भ हो,’ उनले भने, ‘सबै मिलेर यसलाई सभ्य र भव्य बनाउनुपर्छ।’ कभर्डहलमा भइरहेको प्रतियोगितामा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement