Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना
Photo / Coverage: पर्दाफास

कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ । नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको आज एक समारोहबीच उद्घाटन गरिएको छ । केन्द्रले नेपालका जङ्गली ‘जेब्रा फिस’ सम्बन्धी अनुसन्धानलाई अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अनुसन्धान संस्थासँग जोड्दै मानव स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, वातावरण, जल प्रदूषण र जैविक विविधतासम्बन्धी अध्ययन अघि बढाउने लक्ष्य लिएको छ । केन्द्रको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताए । उनले जेब्राफिस अनुसन्धानमा रुचि राख्ने युवाको पहललाई विश्वविद्यालयले अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, वन तथा वातावरण विषयका प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानमा जोड्नुका साथै मानव स्वास्थ्यसँग सम्बन्धित विश्वविद्यालय तथा अस्पतालसँग सहकार्य गर्न सके अनुसन्धानको दायरा फराकिलो हुने उनको भनाइ थियो । उनले जेब्राफिस आकारमा सानो भए पनि मानव स्वास्थ्य र रोगसम्बन्धी अध्ययनका लागि महत्त्वपूर्ण अनुसन्धान जीव भएको बताए । मानवसँग करिब ७० प्रतिशत जीन समानता रहेको जेब्राफिस भ्रुण विकास, आनुवंशिक रोग, औषधि परीक्षण तथा विभिन्न जैविक प्रक्रियाको अध्ययनमा उपयोगी हुने उनले उल्लेख गरे । नेपालको जैविक विविधता, जडीबुटी, जलस्रोत तथा प्राकृतिक वनस्पतिको वैज्ञानिक अध्ययनमा समेत जेब्रा फिसको प्रयोग गर्न सकिने भएकाले केन्द्रलाई राष्ट्रियस्तरको अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा पुष्करबहादुर पालले जेब्रा फिस अनुसन्धान नेपालको जैविक विविधता र वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण अवसर भएको बता ए । उनले जलवायु परिवर्तन, जल प्रदूषण तथा वातावरणीय प्रभावले जीवहरूको स्वास्थ्य र रोग उत्पन्न गर्ने सूक्ष्मजीवमा समेत परिवर्तन ल्याइरहेको उल्लेख गरे । औषधि तथा रोगसम्बन्धी अनुसन्धानका लागि वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउँदै उनले जेब्रा फिसको पारदर्शी भ्रुण, छिटो विकास हुने प्रक्रिया र प्रयोगशालामा सहज रूपमा प्रजनन गराउन सकिने विशेषताका कारण यसको अनुसन्धानात्मक उपयोग बढ्दै गएको बताए । दक्षिण एसिया जेब्रा फिसको प्राकृतिक उत्पत्ति तथा वासस्थान क्षेत्र भए पनि नेपालमा यसको प्रजातिगत विविधता र आनुवंशिक अवस्थाबारे पर्याप्त अध्ययन हुन नसकेको उनले बताए । सरकारी प्रक्रियागत जटिलता र अनुसन्धानमा आवश्यक सहकार्यको अभावले नयाँ वैज्ञानिक पहललाई चुनौती दिइरहेको उल्लेख गर्दै उनले केन्द्रलाई व्यावहारिक अनुसन्धानमा केन्द्रित गरी अन्य जैविक विविधतासम्बन्धी विषयसमेत समेटेर अघि बढाउनुपर्ने धारणा राखे । विश्वविद्यालयका पूर्वडीन प्राडा अर्जुनकुमार श्रेष्ठले अनुसन्धान र नवप्रवर्तन विकासका आधार भएको उल्लेख गर्दै युवाको सक्रियतामा स्थापना भएको केन्द्रले भविष्यमा अन्य वनस्पति तथा कृषि उपजसमेत अनुसन्धानको दायरामा समेट्ने विश्वास व्यक्त गरे । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख देवी घिमिरेले जेब्राफिससँगै नेपालमा पाइने अन्य माछाका प्रजातिलाई पनि अनुसन्धानमा समेट्नुपर्ने बताइन् । केन्द्रले विश्वविद्यालयका विद्यार्थी, विशेषगरी मत्स्य विज्ञानका विद्यार्थीलाई प्रयोगात्मक ज्ञान र अनुसन्धानको अवसर प्रदान गर्ने उनको भनाइ थियो । केन्द्रले अमेरिकाका युनिभर्सिटी अफ ओरेगन र ड्युक युनिभर्सिटी तथा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलगायतका अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरेको जनाएको छ । गत वर्ष अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताले चितवनका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली जेब्रा फिसको नमुना सङ्कलन गरी प्रारम्भिक अनुसन्धान गरेका थिए । आगामी मार्चमा अमेरिकी अनुसन्धानकर्ता तथा प्रतिनिधि पुनः नेपाल आउने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष प्रशान्तकान्त दाहालले बताए । उक्त भ्रमणले नेपाली विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय प्रयोगशाला र वैज्ञानिकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने उनले बताए । केन्द्रका सचिव सुजन चापागाईंले नेपालमै स्वतन्त्र अनुसन्धान प्रयोगशाला स्थापना गरी जेब्रा फिसको आनुवंशिक तहमा अनुसन्धान अघि बढाउने दीर्घकालीन लक्ष्य रहेको बताए । नेपालका नदी, खोला, ताल तथा अन्य प्राकृतिक जलस्रोतमा पाइने जलीय जीवको आनुवंशिक विविधताको अभिलेखीकरण, संरक्षण र वैज्ञानिक अध्ययनलाई केन्द्रले प्राथमिकता दिने उनको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा उज्ज्वल तिवारी, उपप्राध्यापक मिलन घिमिरे, सरोज रेग्मी, चेतराज पाठक, भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा रविन बस्ताकोटी, रत्ननगर नगरपालिकाका कृषि प्राविधिक अङ्कित लुइँटेल तथा समाजसेवी बोनोद ढकाललगायत सहभागी थिए । विश्वविद्यालयका विद्यार्थी डा दिवस ढुङ्गानाले केन्द्रका गतिविधिबारे जानकारी गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘क्षमताभन्दा बढी यात्रु हुँदा दुर्घटना, कानुनी आधारबिनै पानीबोट सञ्चालन’
OthersJust now

‘क्षमताभन्दा बढी यात्रु हुँदा दुर्घटना, कानुनी आधारबिनै पानीबोट सञ्चालन’

कोशी प्रदेश सरकारद्वारा गठित छानबिन तथा अध्ययन समितिले बोटको भारवहन क्षमताभन्दा बढी यात्रु र सुरक्षा मापदण्डको बेवास्तासँगै नियमनको अभावका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो । ...

अनलाइन खबर
जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी
OthersJust now

जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्। जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु

११ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले प्रतियोगितालाई सभ्य र भव्य बनाउनुपर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद हाम्रो महाकुम्भ हो,’ उनले भने, ‘सबै मिलेर यसलाई सभ्य र भव्य बनाउनुपर्छ।’ कभर्डहलमा भइरहेको प्रतियोगितामा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement