Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन
Photo / Coverage: टेक्नोलोजी खबर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे स्नातक तह (बीएस्सी) प्रथम वर्ष २०८२ को नियमित परीक्षाको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क तथा हाजिरी बुझाउन बाँकी रहेका सम्बन्धित क्याम्पस तथा कलेजले मंसिर १९ गतेभित्र बुझाइसक्नुपर्नेछ। क्याम्पस तथा कलेजहरूले उक्त विवरण बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको विज्ञान समूह शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ। त्रिविले सम्बन्धित क्याम्पस तथा कलेजका साथै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (क्षे.प.नि.का.) र बाह्य परीक्षकहरूलाई पनि तोकिएको समयभित्र विवरण बुझाउने व्यवस्थाका लागि अनुरोध गरेको छ। निर्धारित समयभित्र प्रयोगात्मक परीक्षाको प्राप्तांक तथा हाजिरी प्राप्त नभएमा त्यसको जिम्मेवारी सम्बन्धित क्याम्पस, कलेज, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र बाह्य परीक्षक स्वयंले लिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ। The post बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेटवार्ता, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव
TechnologyJust now

रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेटवार्ता, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

काठमाडौं । नेपाली र चिनियाँ राजनीतिक नेतृत्वबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यलाई ठोस विकास परियोजनामा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ सियाओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलबीच चीनको चेङ्दुमा भेटवार्ता भएको हो ।भेटमा नेपाल र चीनबीचको ऐतिहासिक ...

आइसिटी समाचार
चांगानले सार्वजनिक गर्यो आफ्नै एआई ड्राइभिङ प्रविधि ‘एसडीए पाइलट’
TechnologyJust now

चांगानले सार्वजनिक गर्यो आफ्नै एआई ड्राइभिङ प्रविधि ‘एसडीए पाइलट’

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीले विकास गरेको उन्नत ड्राइभर असिस्टेन्स प्रविधि ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ । सवारी सञ्चालनलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने उद्देश्यले कम्पनीले नयाँ प्रणाली बजारमा ल्याएको हो ।चांगानका अनुसार एसडीए पाइलटलाई प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करणमा उपलब्ध गराइनेछ । यीमध्ये सबैभन्दा उन्नत अल्ट्रा संस्करणमा ५६० टप्स क्षमताको कम्प्युटिङ चिप ...

आइसिटी समाचार
१० दिनभित्र कर दाखिलाको हिसाब बुझाउन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
TechnologyJust now

१० दिनभित्र कर दाखिलाको हिसाब बुझाउन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी सम्पूर्ण विवरण तथा आवश्यक कागजात १० दिनभित्र बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार राजस्व दाखिलाको अवस्था परीक्षण गर्ने उद्देश्यले यस्तो विवरण माग गरेको हो ।प्राधिकरणले सार्वजनिक सूचनामार्फत दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र लिई इन्टरनेट तथा इमेल सेवा प्रदान गरिरहेका सबै सेवा प्रदायकलाई विवरण उपलब्ध ...

आइसिटी समाचार
दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
TechnologyJust now

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ। प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाअनुसार मङ्सिर मसान्तभित्र बक्यौता शुल्क वा दस्तुर वा कर तथा त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ। प्राधिकरणका अनुसार शुल्क, दस्तुर ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play