Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/World/बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ । भारतको बिहारस्थित सिवान जिल्लामा घरमा पटाका बनाउने क्रममा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको छ । सिवानका प्रहरी उपरीक्षक भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन् । घटना हुँदा घरमा सातदेखि आठ जना उपस्थित रहेको बताइएको छ । तीमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुईदेखि तीन जना घरबाहिर रहेको जनाइएको छ । घटनास्थलमा फरेन्सिक साइन्स ल्याबको टोली पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकिएको र बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली पनि घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक सोनीले जानकारी दिएका छन् । घटनामा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई निलम्बन गरिएको छ । प्रहरीले घटनाबारे प्राथमिकी (एफआईआर) दर्ता गरी अनुसन्धान अघि बढाएको छ । बीबीसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play