Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–२, रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको छ। बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रबि राजवंशीले सञ्चालन गर्दै आएका थिए। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो। घटनाबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा
ताजा खबरJust now

इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। ...

हाम्राकुरा
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
ताजा खबरJust now

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति

• बाँकेको जानकी गाउँपालिका–५ मा अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ। • आगलागी विद्युत् सर्टका कारण भएको र समयमै नियन्त्रणमा लिइएकोले थप क्षति हुनबाट बचिएको छ। • घटनामा कुनै मानवीय क्षति नभएको र वास्तविक कारणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ...

नेपालबहस
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
ताजा खबरJust now

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही २३ देखि २५ अक्टोबरसम्म आयोजना हुँदै छ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play