Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी
Photo / Coverage: पर्दाफास

श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहभागी भएकी छन् । बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे नेपालको धारणा प्रस्तुत गरेकी थिइन् । उनले स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी तथा सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाएकी थिइन् । बैठकका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट र छलफलसमेत भएको थियो । छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको थियो । नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार
OthersJust now

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन् । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब ...

पर्दाफास
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस
OthersJust now

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। ...

अनलाइन खबर
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को को गए ? कसको प्रदर्शन कस्तो ?
OthersJust now

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को को गए ? कसको प्रदर्शन कस्तो ?

टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही खेलाडी नै अहिले काठमाडौंबाट फर्किसकेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play