बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली क्रिकेट सङ्घमा आबद्ध हुनुअघि उनी नेपाल क्रिकेट सङ्घमा क्रिकेट सञ्चालन व्यवस्थापकका रूपमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्का विभिन्न प्रतियोगितामा प्रतियोगिता निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए । नेपाली महिला राष्ट्रिय टोली र पुरुष १९ वर्षमुनिको टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले मलेसियाली क्रिकेटको उच्च प्रदर्शन, राष्ट्रिय टोलीको सुदृढीकरण र अन्तर्राष्ट्रिय वरीयता सुधारमा काम गर्नेछन् । मलेसियाली क्रिकेट सङ्घका अध्यक्ष महिन्दा वल्लिपुरमले दासको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले मलेसियाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

अमेरिकामा सरकारी ठगीको सूचना दिनेलाई ३० हजार डलरसम्म पुरस्कार
संघीय कार्यक्रम र सरकारी रकमको दुरुपयोग अन्त्य गर्ने प्रयास तीव्र पारिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले यस्तो घोषणा गरेका हुन् । ...
_bwmLIOJRof.jpg)
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने... ...

सबै किन्न पाइन्छ अमेरिकामा, तर दसैंको उत्साह पाइन्न
अमेरिकामा दसैं मनाउन चाहिने अक्षता, जमरा, पूजाका सामान वा मासु-मिठाई सबै बजारमा किन्न पाइन्छ । तर, गाउँको आत्मीयता, रोटे पिङको मच्चाइ अनि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाइने दसैंको मौलिक न्यानोपन कुनै सुपरमार्केटमा किन्न पाइँदैन रहेछ। ...

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौँ- बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको ...


