Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

टेस्लाले टेक्सासस्थित आफ्नो गिगाफ्याक्ट्रीमा सन् २०२७ को मध्यतिरदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार यस्तो बताएका हुन्। भविष्यको पिकअप ट्रकका रूपमा प्रचार गरिएको यो मोडलको बिक्री वर्षौंदेखि कमजोर रहँदै आएको छ। यसको भारी र कोणीय डिजाइनका कारण यो सीमित बजारमा मात्रै बिक्री हुन सकेको छ। मस्कले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा साइबरट्रकको उत्पादन घटाएर बन्द गर्ने निर्णयले कम्पनीलाई हालै बजारमा ल्याइएको नयाँ साइबरक्याब मोडलको उत्पादन बढाउन सहयोग पुग्ने बताएका छन्। अर्बपति मस्कले टेस्लाको रोबोट्याक्सी योजनामा साइबरक्याबलाई मुख्य हिस्सा बनाएका छन्। साइबरट्रकको उत्पादन अर्को कारखानामा सारिने हो वा पूर्ण रूपमा बन्द गरिने हो भन्ने तत्काल स्पष्ट भएको छैन। तर, यस मोडलका विशेष पार्टपुर्जा उत्पादन गर्न सक्ने टेस्लाको एक मात्र ज्ञात कारखाना अस्टिनस्थित प्लान्ट हो। रोयटर्सका अनुसार एक्समा एक प्रयोगकर्ताको प्रतिक्रियामा मस्कले साइबरट्रकलाई ‘टेस्लाले अहिलेसम्म बनाएको सबैभन्दा राम्रो गाडी’ भनेका छन्। उनले यसको उत्पादन बन्द गर्ने निर्णयलाई ‘एउटा युगको अन्त्य’ पनि बताएका छन्। नियमित कार्यालय समयबाहिर पठाइएको टिप्पणीका लागि गरिएको अनुरोधमा टेस्लाले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सको भनाइ छ। अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाले सन् २०२३ को अन्त्यतिर मात्रै ग्राहकलाई साइबरट्रक हस्तान्तरण गर्न थालेको थियो। केली ब्लु बुकका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा २० हजार २३७ वटा मात्रै साइबरट्रक बिक्री गरेको थियो। यो सन् २०२४ मा बिक्री भएका ३८ हजार ९६५ वटाको तुलनामा ४८ प्रतिशत कम हो। पिकअप ट्रक बजारमा ल्याउनुअघि मस्कले वार्षिक २ लाख ५० हजार वटा बिक्री हुने अनुमान गरेका थिए। एस्टन मार्टिनका पूर्वप्रमुख कार्यकारी अधिकृत एन्डी पाल्मरले भने, “यसले आफ्नो लक्ष्य पूरा गर्न नसकेको अवस्थामा उत्पादन जारी राख्नुको कुनै अर्थ छैन। कुनै पनि विवेकशील अटोमोबाइल क्षेत्रका व्यक्तिले यही कुरा भन्छन्।” उनले थपे, “यसले टेस्लाको वित्तीय विवरणमा खासै ठूलो प्रभाव नपार्ला, तर तथ्यांकले आफैँ सबै कुरा स्पष्ट पार्छन्।” सन् २०१९ मा पहिलोपटक सार्वजनिक भएदेखि नै साइबरट्रक मस्कको विवादास्पद छनोट बनेको थियो। यसको कोणीय डिजाइनलाई परम्परागत पिकअप ट्रकका पारखीहरूले व्यंग्य गरेका थिए भने सुरक्षा विज्ञहरूले युरोपजस्ता प्रमुख बजारमा बिक्री अनुमति पाउन कठिन हुने बताएका थिए। साइबरट्रक सार्वजनिक गर्ने कार्यक्रममा मस्कले ठूलो हथौडाले हानेर यसको सिसा नफुट्ने प्रमाणित गर्न खोजेका थिए। तर, त्यस क्रममा दुईवटा सिसामा ठूलो चिरा परेको थियो। सन् २०२३ मा साइबरट्रकको औपचारिक सार्वजनिक कार्यक्रममा मस्कले यसलाई जनरल मोटर्स र फोर्डका पिकअप ट्रकसँग प्रतिस्पर्धा गर्ने भविष्यको गाडीका रूपमा प्रस्तुत गरेका थिए। उनले भनेका थिए, “अन्ततः भविष्य अब भविष्यजस्तै देखिनेछ।” तर यो गाडीले ती अपेक्षा पूरा गर्न संघर्ष गरिरहेको छ। अटोमोबाइल विश्लेषक फेलिपे मुनोजले कमजोर बिक्रीका कारण साइबरट्रकलाई असफल भनिए पनि फोर्डलगायत अन्य कम्पनीका विद्युतीय पिकअप ट्रकले पनि अमेरिकी बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताए। “विद्युतीय पिकअप ट्रक अमेरिकामा लोकप्रिय नभएकाले ती सबै प्रतिस्पर्धामा पछाडि परेका हुन्,” मुनोजले भने। तर, साइबरट्रकको धारिलो किनारा भएको स्टेनलेस स्टिलको डिजाइनले युरोपजस्ता बजारमा यसको सम्भावना सीमित बनाएको छ। विद्युतीय सवारीसाधन बढी लोकप्रिय रहेको युरोपमा पनि पैदलयात्रीलाई ठक्कर दिँदा हुने असरसम्बन्धी नियमका कारण यसले नियामक निकायबाट बिक्री अनुमति पाउन सकेन। एस्टन मार्टिनका पूर्वप्रमुख कार्यकारी अधिकृत पाल्मरले भने, “पैदलयात्रीलाई ठक्कर दिँदा पर्ने असरलाई ध्यानमा राखेर दुर्घटना सुरक्षा मापदण्ड बनाइएका जुनसुकै ठाउँमा पनि साइबरट्रक जान सक्दैन, यसको बिक्री अनुमति पाउन सक्दैन।” The post बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद
TechnologyJust now

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो । प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ...

टेक्नोलोजी खबर
विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा
TechnologyJust now

विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (Plenipotentiary Conference 2026, PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ ।नोभेम्बर ९ देखि २७ सम्म दोहास्थित Doha Exhibition and Convention Center (DECC) मा आयोजना हुने महासम्मेलनमा सहभागी हुन नोभेम्बर ७ मा दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक ...

आइसिटी समाचार
विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या
TechnologyJust now

विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या

काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ...

आइसिटी समाचार
स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम
TechnologyJust now

स्मार्टफोनको स्क्रिन फुटेको छ ? अझै चलाइरहनुभएको छ भने हुन सक्छ यस्तो जोखिम

काठमाडौं । स्मार्टफोन हातबाट खस्नेबित्तिकै स्क्रिन फुट्ने वा चर्किने समस्या धेरैले भोगेकै हुन्छन् । कतिपयले स्क्रिन सामान्य रूपमा चलिरहेको भन्दै मर्मत नगरी लामो समयसम्म त्यस्तै फोन प्रयोग गरिरहेका हुन्छन् । तर स्क्रिन फुटेको स्मार्टफोन निरन्तर प्रयोग गर्नु तपाईंको स्वास्थ्य र फोन दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।एक समय थियो, जतिबेला नोकियाका साधारण फिचर फोन निकै बलिया र टिकाउ मानिन्थे । ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play