Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेनमा देश विकासको स्पष्ट दृष्टिकोण पाएँ : भारतीय प्रधानमन्त्री मोदी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनमा देश विकासको स्पष्ट दृष्टिकोण पाएँ : भारतीय प्रधानमन्त्री मोदी
Photo / Coverage: फरकधार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)मा देश विकासका लागि स्पष्ट दृष्टिकोण रहेको आफूले महसुस गरेको बताएका छन् । प्रधानमन्त्री शाहसँग केही घण्टा भएको कुराकानीका आधारमा आफूले यस्तो अनुभव गरेको मोदीको भनाइ छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको भेटवार्ताका क्रममा मोदीले उनको नेतृत्व र विकाससम्बन्धी सोचबारे सकारात्मक टिप्पणी गरेका हुन् । मोदीले प्रधानमन्त्री बनेपछि शाहले संयुक्त राष्ट्रसंघको कार्यक्रममा दिएको मन्तव्यको समेत प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाह र मोदीबीच ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा भारतीय प्रविधिको क्याम्पस र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
PoliticsJust now

नेपालमा भारतीय प्रविधिको क्याम्पस र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन् । हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तन विकासमा भारतले सहकार्य गर्ने बताए । उनले नेपालका ...

फरकधार
बालेन-मोदी वार्ताले खुल्यो अन्तरिक्ष प्रविधिदेखि अपराध अनुसन्धानसम्म सहकार्यको ढोका
PoliticsJust now

बालेन-मोदी वार्ताले खुल्यो अन्तरिक्ष प्रविधिदेखि अपराध अनुसन्धानसम्म सहकार्यको ढोका

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय भेटवार्तापछि आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन ...

फरकधार
विश्वकप खेल्ने नेपालको सपना कायमै, प्लेअफमा सात चुनौती
PoliticsJust now

विश्वकप खेल्ने नेपालको सपना कायमै, प्लेअफमा सात चुनौती

सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष एकदिवसीय विश्वकप खेल्ने नेपालको लक्ष्य अझै जीवित छ । तर, विश्वकपसम्म पुग्न नेपालले अब छनोटको कठिन चरण पार गर्नुपर्नेछ । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि नेपालले विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने भएको हो । नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमा हुने आइसिसी विश्वकप ...

फरकधार
स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा
PoliticsJust now

स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय र प्रदेशसभा निर्वाचनमा नेकपा र एमालेबीच सहकार्य हुने बताएका छन्। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको सहकार्य हुने प्रचण्डको संकेत छ। एमाले र नेकपाबीच सदन र सडकमा सहकार्य गर्ने सहमति भइसकेको प्रचण्डको दाबी छ। गोरखा पुगेर प्रचण्डले अरु बाम शक्तिहरूसँग पनि सहकार्यको लागि छलफल […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement