Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमणका उपलब्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमणका उपलब्धि
Photo / Coverage: नेपालन्युज

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणमा आर्थिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा, आठवटा समझदारीपत्र आदानप्रदान, २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति र ‘समुन्नत नेपाल, विकसित भारत’ निर्माणको साझा लक्ष्यसहित संयुक्त दृष्टिपत्र (ज्वाइन्ट भिजन पेपर) स्वीकृत भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुनै ठूलो कूटनीतिक वा नीतिगत छलाङ भने देखिएन। भारतले घोषणा गरेको विकास सहायता प्याकेजले दुई देशबीचको आर्थिक साझेदारी विस्तार गर्ने अपेक्षा जगाएको छ। कुल २ खर्ब ४० अर्ब रुपैयाँमध्ये ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सुविधा रहेको छ। वर्षौँदेखि चर्चामा रहेका केही परियोजनाले नयाँ गति पाउने सङ्केत देखिए पनि नेपाली पक्षका केही पुराना अपेक्षा पूरा हुन सकेनन्। दुईदिने राजकीय भ्रमणका क्रममा हवाई सम्पर्क, पारवहन, जलविद्युत्, रेलमार्ग र सीमा पूर्वाधारमा भएका सहमतिले दीर्घकालीन सम्भावना देखाएका छन्। तर, तीमध्ये धेरैजसो सहमति कार्यान्वयनका आगामी चरणमा निर्भर छन्। सोमबार हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सकिएपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरे। सम्मेलनको सुरुमा मोदीले सम्बोधन गरे भने त्यसलगत्तै शाहले नेपाली भाषामा आफ्नो धारणा राखे। “हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका रूपमा अनुभूत गर्न सक्नुपर्छ,” शाहले भने। दुईदिने राजकीय भ्रमणका क्रममा हवाई सम्पर्क, पारवहन, जलविद्युत्, रेलमार्ग र सीमा पूर्वाधारमा भएका सहमतिले दीर्घकालीन सम्भावना देखाएका छन्। तर, तीमध्ये धेरैजसो सहमति कार्यान्वयनका आगामी चरणमा निर्भर छन्। मोदीले बालेनको नेतृत्वको सार्वजनिक प्रशंसा गरे। बालेनले पनि दुई देशबीचको सम्बन्धलाई पारस्परिक विश्वास र समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे। बालेनका लागि यो भ्रमण छिमेकी मुलुकसँगको औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित थिएन। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण भएकाले यसले नयाँ सरकारको विदेश नीतिको प्राथमिकता, भारतसँगको सम्बन्ध सञ्चालन गर्ने शैली र विकास साझेदारीप्रतिको दृष्टिकोणसमेत परीक्षण गरेको छ। मोदीले बालेनको नेतृत्वको सार्वजनिक प्रशंसा गरे। बालेनले पनि दुई देशबीचको सम्बन्धलाई पारस्परिक विश्वास र समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे। तर, कूटनीतिक सम्बन्धमा सार्वजनिक प्रशंसा र वास्तविक उपलब्धि एउटै कुरा होइनन्। भ्रमणको सफलता अन्ततः घोषणाको सङ्ख्याले होइन, त्यसबाट नेपाली नागरिकले पाउने प्रत्यक्ष लाभले निर्धारण गर्नेछ। २ खर्ब ४० अर्बको प्याकेज : अनुदानभन्दा ऋण धेरै भ्रमणको सबैभन्दा ठूलो घोषणाका रूपमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। भारतीय रुपैयाँमा १५ हजार करोडबराबरको यो प्याकेज दुई भागमा विभाजित छ। पहिलो, ५६ अर्ब नेपाली रुपैयाँ अर्थात् ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान सहायता। यो रकम विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गर्ने सहमति भएको छ। दोस्रो, १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ अर्थात् ११ हजार ५०० करोड भारतीय रुपैयाँबराबरको ऋण सुविधा। यो रकम ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित लाइन अफ क्रेडिटका रूपमा उपलब्ध गराइनेछ। यसरी हेर्दा कुल सहायता प्याकेजको करिब २३ प्रतिशत अनुदान र ७७ प्रतिशत ऋण हो। अर्थात्, भारतले घोषणा गरेको रकमको ठूलो हिस्सा नेपालले भविष्यमा फिर्ता गर्नुपर्ने वित्तीय दायित्व हो। भारतीय रुपैयाँमा आधारित ऋण सुविधाको व्यवस्था आफैँमा महत्त्वपूर्ण छ। यसले ऋणको मुद्रा र भुक्तानी व्यवस्थामा परिवर्तन ल्याउँछ। तर, ऋणको वास्तविक लागत ब्याजदर, भुक्तानी अवधि, सहुलियत, शुल्क र परियोजनाका सर्तले निर्धारण गर्नेछन्। त्यसैले यो सुविधा नेपालका लागि कति सस्तो र लाभदायक हुन्छ भन्ने निष्कर्ष निकाल्न विस्तृत वित्तीय सर्त सार्वजनिक हुन आवश्यक छ। नेपालका लागि अहिलेको आवश्यकता रकम घोषणा हुनु मात्र होइन, त्यसलाई प्रभावकारी ढङ्गले परिचालन गर्नु हो। विगतमा पनि विभिन्न विकास परियोजना र सहायताका घोषणा भएका छन्। नेपालले यसअघि विपद्पछिको पुनर्निर्माण र पूर्वाधार विस्तारका लागि भारतसँग अनुदान तथा सहुलियतपूर्ण ऋणसहित करिब २ अर्ब अमेरिकी डलरबराबरको सहयोग प्रस्ताव गरेको थियो। त्यसको तुलनामा प्राप्त घोषणा महत्त्वपूर्ण भए पनि नेपालको प्रारम्भिक अपेक्षाभन्दा कम हो। अझ महत्त्वपूर्ण कुरा, घोषित रकम कुन परियोजनामा, कुन समयसीमाभित्र र कस्ता सर्तमा परिचालन हुन्छ भन्ने तय हुन बाँकी छ। नेपालका लागि अहिलेको आवश्यकता रकम घोषणा हुनु मात्र होइन, त्यसलाई प्रभावकारी ढङ्गले परिचालन गर्नु हो। विगतमा पनि विभिन्न विकास परियोजना र सहायताका घोषणा भएका छन्। तर, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, प्रशासनिक प्रक्रिया, खरिद प्रणाली र परियोजना व्यवस्थापनका समस्याले कार्यान्वयनमा ढिलाइ हुने गरेको छ। नयाँ सहायता प्याकेजलाई परियोजनाको प्राथमिकता, कार्यान्वयन समयतालिका र जवाफदेहितासँग जोड्नुपर्नेछ। विशेषगरी बाढीबाट क्षतिग्रस्त सडक, पुल, ऊर्जा संरचना र प्रभावित समुदायको पुनर्स्थापनामा अनुदानको हिस्सा कसरी खर्च हुन्छ भन्ने महत्त्वपूर्ण हुनेछ। हवाई रुटमा आंशिक सफलता प्रधानमन्त्री शाहको भ्रमणअघि नेपालको प्रमुख प्राथमिकतामध्ये एउटा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार थियो। विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि सहज बनाउने उद्देश्यले नेपालले भारतसँग थप हवाई प्रवेशमार्गको विषय उठाउँदै आएको थियो। यस विषयमा भ्रमणले आंशिक उपलब्धि दिएको छ। नेपाल र भारतले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ बी३४५ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति गरेका छन्। यसअघि उक्त मार्गबाट नेपालबाट भारततर्फ उडान गर्न सकिने भए पनि भारतबाट यही मार्ग हुँदै नेपाल प्रवेश गर्न मिल्दैनथ्यो। नयाँ सहमतिपछि लखनउ हुँदै भैरहवाबाट नेपाल प्रवेश गर्ने हवाईमार्ग खुलाउने प्रक्रिया अघि बढ्नेछ। तर, यसलाई पूर्ण हवाई प्रवेशमार्गसम्बन्धी समस्या समाधान भएको अर्थमा लिन मिल्दैन। संयुक्त विज्ञप्तिमा यस सहमतिलाई कार्यान्वयन गर्न प्राविधिक परामर्श आवश्यक रहेको स्पष्ट पारिएको छ। अर्थात्, दुवै पक्षबीच सहमति भए पनि यसको सञ्चालन विधि, प्राविधिक व्यवस्था र आवश्यक प्रक्रियागत काम टुङ्गिन बाँकी छ। भूपरिवेष्टित मुलुकका रूपमा नेपालको पारवहन लागत घटाउनु र व्यापारिक सम्पर्कका विकल्प विस्तार गर्नु आर्थिक प्रतिस्पर्धात्मकताका लागि महत्त्वपूर्ण छ। नेपालले लामो समयदेखि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भारतको हवाई क्षेत्र प्रयोगसम्बन्धी अवरोध हटाउन आग्रह गर्दै आएको छ। विशेषगरी पश्चिम नेपालबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज हवाईमार्ग आवश्यक छ। त्यसैले बी३४५ मार्गलाई दुईतर्फी बनाउने सहमति सकारात्मक भए पनि यसले नेपालको सम्पूर्ण हवाई प्रवेशमार्गसम्बन्धी माग सम्बोधन गर्दैन। भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न नियमित उडान, प्रतिस्पर्धी सञ्चालन लागत, यात्रुको माग र अन्य गन्तव्यसँगको हवाई सम्पर्क पनि उत्तिकै महत्त्वपूर्ण छन्। यस अर्थमा भ्रमणले एउटा अवरोध हटाउने ढोका खोलेको छ, तर नेपालको हवाई सम्पर्क विस्तारको सम्पूर्ण समस्या समाधान गरेको छैन। बन्दरगाहदेखि रेलमार्गसम्म नेपालको तेस्रो मुलुकसँगको व्यापार भारतीय भूभाग र बन्दरगाहमा निर्भर छ। भूपरिवेष्टित मुलुकका रूपमा नेपालको पारवहन लागत घटाउनु र व्यापारिक सम्पर्कका विकल्प विस्तार गर्नु आर्थिक प्रतिस्पर्धात्मकताका लागि महत्त्वपूर्ण छ। भ्रमणका क्रममा भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह अर्थात् कान्डलाबाट नेपालको पारवहन व्यापारका लागि नयाँ सम्पर्कमार्ग उपलब्ध गराउने घोषणा गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसले नेपाललाई भारतीय बन्दरगाह प्रयोग गर्ने थप विकल्प उपलब्ध गराउन सक्छ। तर, बन्दरगाहसम्म पहुँच पाउनु र त्यसलाई नियमित तथा लागत प्रभावकारी व्यापारिक मार्गका रूपमा प्रयोग गर्न सक्नु फरक विषय हुन्। रेल तथा सडक सम्पर्क, भन्सार प्रक्रिया, ढुवानी समय र व्यापारिक लागतले यसको वास्तविक उपयोगिता निर्धारण गर्नेछन्। रेल सम्पर्क विस्तारमा पनि केही महत्त्वपूर्ण घोषणा भएका छन्। अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। यसअघि कोलकाता र विशाखापट्टनम बन्दरगाहमा निर्भर रहेको नेपालको पारवहन व्यवस्थामा कान्डला र पारादीपको सम्भावित पहुँचले विविधता थप्न सक्छ। तर, नयाँ मार्गले कति लागत घटाउँछ र नेपाली व्यवसायीका लागि कति प्रतिस्पर्धी हुन्छ भन्ने अध्ययन आवश्यक छ। रेल सम्पर्क विस्तारमा पनि केही महत्त्वपूर्ण घोषणा भएका छन्। अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यो सेवाले रामायण सर्किटअन्तर्गत दुई देशका धार्मिक गन्तव्यलाई जोड्नेछ। नेपाल र भारतबीचको सम्बन्धमा जनकपुर र अयोध्याको सांस्कृतिक महत्त्व विशिष्ट छ। माता सीता र भगवान् रामसँग जोडिएको साझा धार्मिक परम्परालाई पर्यटनसँग जोड्न सके यसले धार्मिक यात्रु, होटल व्यवसाय, यातायात र स्थानीय अर्थतन्त्रमा अवसर सिर्जना गर्न सक्छ। तर, धार्मिक पर्यटनको सम्भावना रेल सेवा उद्घाटनमा मात्र सीमित हुनुहुँदैन। यात्रुको सहज आवागमन, सीमामा हुने प्रक्रिया, रेलको नियमितता र पर्यटन पूर्वाधारको विकास पनि आवश्यक हुन्छ। सर्वेक्षण सम्पन्न हुनु निर्माण सुरु हुनु होइन। वित्तीय लगानी, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय मूल्याङ्कन र निर्माणको समयसीमा अझै महत्त्वपूर्ण चरण हुन्। यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम भएको घोषणा गरिएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने सहमति जनाएको छ। यी परियोजनाले नेपालको व्यापार, यातायात र क्षेत्रीय सम्पर्क सञ्जालमा दीर्घकालीन प्रभाव पार्न सक्छन्। तर, सर्वेक्षण सम्पन्न हुनु निर्माण सुरु हुनु होइन। वित्तीय लगानी, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय मूल्याङ्कन र निर्माणको समयसीमा अझै महत्त्वपूर्ण चरण हुन्। ऊर्जा साझेदारी : अवसर र निर्भरताको प्रश्न नेपाल–भारत सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण आर्थिक आयाम ऊर्जा हो। नेपालमा जलविद्युत् उत्पादनको सम्भावना ठूलो छ भने भारत नेपालको बिजुलीको प्रमुख बजार हो। दुई देशबीच ऊर्जा व्यापार विस्तारले नेपालको आम्दानी, लगानी र उत्पादन क्षमतामा योगदान पुर्‍याउन सक्छ। भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। सङ्खुवासभामा निर्माण हुने यस आयोजनामा भारतीय कम्पनीको संलग्नता छ। यसको विकासले नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न सक्छ। तर, ठूला जलविद्युत् परियोजनाको मूल्याङ्कन उत्पादन क्षमताका आधारमा मात्र हुँदैन। लगानी संरचना, निर्माण लागत, आयोजना सम्पन्न हुने समय, उत्पादित बिजुलीको बजार, प्रसारण पूर्वाधार र नेपालले प्राप्त गर्ने आर्थिक प्रतिफल पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। पञ्चेश्वर परियोजना नेपाल–भारत जलस्रोत सहकार्यको पुरानो र महत्त्वपूर्ण विषय हो। यसले विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी व्यवस्थापनमा समेत योगदान दिन सक्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र टुङ्ग्याउन दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार गर्ने कामलाई पनि तीव्रता दिने सहमति भएको छ। पञ्चेश्वर परियोजना नेपाल–भारत जलस्रोत सहकार्यको पुरानो र महत्त्वपूर्ण विषय हो। यसले विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी व्यवस्थापनमा समेत योगदान दिन सक्ने अपेक्षा गरिएको छ। तर, लाभ बाँडफाँट, लागत, पानीको उपयोग र प्राविधिक विषयमा लामो समयदेखि देखिएका मतभेद समाधान नगरी परियोजना अघि बढ्न सक्दैन। सप्तकोशी र सुनकोशी परियोजनाका हकमा पनि बाढी नियन्त्रण र जलस्रोतको उपयोगलाई एकीकृत रूपमा हेर्नुपर्नेछ। नेपालका नदीबाट भारतले पाउने सम्भावित लाभ र नेपालले पाउने प्रतिफलबीच सन्तुलन कायम गर्नु आवश्यक छ। ऊर्जा सहकार्यको दीर्घकालीन सफलता नेपालको उत्पादन क्षमता मात्र होइन, भारतसँगको बजार पहुँच, विद्युत् खरिद सम्झौता र क्षेत्रीय ऊर्जा व्यापारको नीतिमा पनि निर्भर रहनेछ। यससँगै इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने विषयमा प्रगति भएको छ। प्रसारण लाइन विस्तार हुन सके नेपालमा उत्पादित बिजुली भारतीय बजारमा पुर्‍याउन थप सहज हुनेछ। तर, ऊर्जा सहकार्यको दीर्घकालीन सफलता नेपालको उत्पादन क्षमता मात्र होइन, भारतसँगको बजार पहुँच, विद्युत् खरिद सम्झौता र क्षेत्रीय ऊर्जा व्यापारको नीतिमा पनि निर्भर रहनेछ। सीमा र पेट्रोलियम पूर्वाधारमा नयाँ गति सीमा पूर्वाधार र पेट्रोलियम आपूर्ति भ्रमणका अन्य महत्त्वपूर्ण विषय हुन्। नेपाल र भारतका प्रधानमन्त्रीले धार्चुला–दार्चुला जोड्ने नयाँ मोटरेबल पुल उद्घाटन गरेका छन्। यसले सुदूरपश्चिम नेपालको भारतसँगको प्रत्यक्ष सम्पर्क सहज बनाउन सक्छ। त्यसैगरी, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको काम अघि बढाउने विषयमा पनि दुवै पक्षले जोड दिएका छन्। सीमानाकामा आधुनिक जाँच चौकी निर्माणले व्यापारिक वस्तुको आवागमन, भन्सार प्रक्रिया र यात्रुको आवतजावत सहज बनाउन सक्छ। तर, पूर्वाधार निर्माणसँगै भन्सार व्यवस्थापन, सुरक्षा जाँच र प्रशासनिक समन्वय सुधार गर्न पनि आवश्यक छ। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम छिटो सुरु गर्ने र दुई देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने सहमति पनि भएको छ। पेट्रोलियम पूर्वाधारमा मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ। झापामा नयाँ पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम छिटो सुरु गर्ने र दुई देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने सहमति पनि भएको छ। नेपालको इन्धन आपूर्ति प्रणालीमा पाइपलाइन विस्तारले ढुवानी लागत र समय घटाउन सहयोग गर्न सक्छ। तर, भारतमाथिको आपूर्ति निर्भरता व्यवस्थापन, भण्डारण क्षमता विस्तार र वैकल्पिक आपूर्ति सुरक्षाको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ। यी परियोजनाले नेपाल-भारत आर्थिक सम्बन्धलाई सडक, रेल र विद्युत्मा मात्र नभई दैनिक उपभोगका वस्तुको आपूर्ति प्रणालीसम्म विस्तार गर्ने सङ्केत गरेका छन्। शिक्षा, प्रविधि र संस्थागत सहकार्य भ्रमणको अर्को पक्ष शिक्षा, अनुसन्धान र संस्थागत क्षमता विकाससँग सम्बन्धित छ। भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अन्तर्राष्ट्रिय क्याम्पस स्थापना गर्ने सहमति जनाएको छ। यसले नेपालमा उच्च प्राविधिक शिक्षाको अवसर विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ। त्यसैगरी, चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्न भारतले अनुदान सहयोग गर्ने घोषणा गरेको छ। खाद्य प्रशोधन, कृषि उत्पादनको मूल्य अभिवृद्धि र औद्योगिक विकासका लागि यस्तो संरचनाले योगदान पुर्‍याउन सक्छ। स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र, डिजिटल सेवा र वित्तीय सम्पर्क विस्तारका विषय पनि दुई देशको संयुक्त दृष्टिपत्रमा समेटिएका छन्। नेपाली विद्यार्थीलाई भारतमा कानुन तथा प्रविधि अध्ययनका लागि छात्रवृत्तिको अवसर विस्तार गर्ने घोषणा पनि भएको छ। गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ। यी विषय तत्काल देखिने ठूला पूर्वाधार परियोजनाजस्ता नहुन सक्छन्। तर, मानव संसाधन, प्रविधि र अनुसन्धानमा हुने लगानीले नेपालको दीर्घकालीन आर्थिक क्षमतामा प्रभाव पार्न सक्छ। यसका अतिरिक्त आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। ती फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित छन्। गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ। भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ। भूउपग्रह सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ। त्यस्तै, भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक स्टाफ कलेजबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। भूउपग्रह सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ। स्वास्थ्य, आयुर्वेद, सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासमा भएका सहमतिले द्विपक्षीय सम्बन्धलाई परम्परागत पूर्वाधार र व्यापारभन्दा बाहिर विस्तार गर्ने सम्भावना देखाएका छन्। तर, समझदारीपत्र आफैँमा परिणाम होइनन्। तिनलाई कार्ययोजना, बजेट, जिम्मेवार निकाय र कार्यान्वयनको समयसीमासँग जोड्नुपर्नेछ। रास्वपाका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तारका लागि विश्वासको वातावरण निर्माण गरेको बताएका छन्। दक्षिण एसियामा राजनीतिक स्थायित्वका लागि छिमेकी मुलुकबीच उच्च राजनीतिक तहमा आत्मीय सम्बन्ध र सघन सहकार्य आवश्यक रहेको उनको भनाइ छ। “प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको छ,” शाहले सामाजिक सञ्जालमा लेखेका छन्। कूटनीतिक आत्मीयता र राजनीतिक प्रश्न भारत भ्रमणका क्रममा मोदीले बालेनको प्रशंसा गर्दै नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता आफूले महसुस गरेको बताएका थिए। उनले बालेनले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गरेको सम्बोधनको समेत चर्चा गरे। बालेनले पनि युवाका लागि रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ शैक्षिक सम्भावना तथा उद्यमीका लागि बजार र लगानी विस्तारलाई द्विपक्षीय सम्बन्धको प्राथमिकताका रूपमा प्रस्तुत गरे। यी अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई राजनीतिक निकटताबाट आर्थिक र जनस्तरको साझेदारीतर्फ लैजाने चाहना देखाउँछन्। तर, भ्रमणको राजनीतिक मूल्याङ्कनमा सत्तापक्ष र प्रतिपक्षबीच फरक दृष्टिकोण देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले भ्रमणका उपलब्धिलाई सकारात्मक रूपमा स्वीकार गरे पनि त्यसको तयारी, कूटनीतिक शैली र नयाँपनमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भ्रमणअघि राजकीय मर्यादा र अघिल्लो सरकारको कूटनीतिक विरासतलाई निरन्तरता दिने विषयमा कमजोरी देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार परिवर्तन हुँदैमा राष्ट्रिय एजेन्डा र कूटनीतिक पैरवीको निरन्तरता टुट्नु हुँदैन। अघिल्लो सरकारले भारतसँग उठाएका विषय, अपेक्षा र सहकार्यका योजनालाई वर्तमान सरकारले व्यवस्थित रूपमा ग्रहण गर्नुपर्ने उनको धारणा छ। “यसले दम्भ देखाएको र कसैलाई पनि नगनेको जस्तो देखियो,” पौडेलले प्रधानमन्त्रीको भ्रमणअघि अपनाइएको कूटनीतिक शैलीप्रति टिप्पणी गर्दै भनेका छन्। सरकार अघिल्लोबाट पछिल्लोमा काम हस्तान्तरण हुने प्रणालीबाट चल्नुपर्ने उल्लेख गर्दै उनले नयाँपनका नाममा पुरानो कूटनीतिक सिलसिला नै तोड्नु स्वाभाविक नभएको बताएका छन्। यद्यपि, वैदेशिक मामिला राष्ट्रिय मुद्दा भएकाले कांग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उनको भनाइ छ। प्रधानमन्त्री स्वदेश फर्किएर देश र संसद्लाई जानकारी गराएपछि मात्र पार्टीले भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक गर्ने उनले स्पष्ट पारेका छन्। नेकपा एमालेका सचिव डा. राजन भट्टराईले पनि भ्रमणमा अपेक्षित नयाँपन नदेखिएको टिप्पणी गरेका छन्। उनका अनुसार विगतमा सुरु भएका आयोजनाको वार्ता, शिलान्यास र सम्पन्न आयोजनाको उद्घाटनमै भ्रमण केन्द्रित देखिएको छ। “झन्डै दुई तिहाइको म्यान्डेट लिएर गएका प्रधानमन्त्रीले नेपालको लामो समयदेखि थाँती रहेका मुद्दाहरू एयर रुट, जलस्रोत, विद्युत् व्यापारका समस्या र सीमा सम्बन्धी विषयलाई प्राथमिकतामा राख्न सकेनन्,” भट्टराईले भनेका छन्। उनले २ खर्ब ४० अर्ब रुपैयाँको सहायता घोषणा सकारात्मक भए पनि त्यसको वित्तीय स्वरूप र कार्यान्वयन स्पष्ट हुनुपर्ने बताएका छन्। विगतमा पनि यस्ता धेरै घोषणा भए पनि अपेक्षाअनुसार कार्यान्वयन नभएको स्मरण गर्दै उनले यसपटकको सहायताको प्रभावकारी उपयोग हुनुपर्नेमा जोड दिएका छन्। क्रिकेट क्षेत्रमा सहकार्य र नेपालमा भारतीय संस्थाको शाखा खोल्नेजस्ता विषयलाई युवाको चाहना र आवश्यकताअनुसार सकारात्मक माने पनि अन्य धेरैजसो कार्यक्रम विगतकै निरन्तरता भएको उनको विश्लेषण छ। विशेषगरी संसद्ले सर्वसम्मत रूपमा पारित गरेका हवाई मार्ग, जलस्रोत, विद्युत् व्यापार र सीमा समस्यालाई भ्रमणमा पर्याप्त प्राथमिकता नदिएको उनको असन्तुष्टि छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भ्रमणबाट अपेक्षा गरिएअनुसार नयाँपन नदेखिएको बताएका छन्। उनका अनुसार लामो समयदेखि थाती रहेका सीमा समस्या, ईपीजी प्रतिवेदन, व्यापार असन्तुलन र व्यापार घाटाजस्ता विषयमा ठोस छलफल हुन सकेको भए नेपालले थप लाभ लिन सक्थ्यो। “प्रधानमन्त्रीको भारत भ्रमण स्वाभाविक रूपले नेपाली जनताबाट अलि धेरै अपेक्षा गरिएको तथा पहिलेको भन्दा फरक हुन्छ भन्ने ठानिएको हो, तर परम्पराभन्दा फरक देखिएन,” लिङ्देनले टिप्पणी गरेका छन्। उनले आठवटा समझदारीपत्र आदानप्रदानलाई उपलब्धि मान्न सकिने भए पनि त्यसको वास्तविक मूल्याङ्कन कार्यान्वयनपछि मात्रै गर्न सकिने बताएका छन्। दुई खर्ब ४० अर्ब रुपैयाँको सहायता ऋण हो वा अनुदान भन्ने स्पष्टता आवश्यक रहेको र ऋण भए पनि प्राथमिकता क्षेत्र छनोट गर्नुपर्ने उनको भनाइ छ। “महत्त्वपूर्ण भ्रमणमा जुन हिसाबले अन्य दलहरूसँग, विज्ञहरूसँग कुराकानी गर्नुपर्थ्यो र एउटा राष्ट्रिय एजेन्डा बनाएर जानुपर्थ्यो, त्यो नै हुन सकेन,” लिङ्देनले भनेका छन्। यी प्रतिक्रियाले भ्रमणका उपलब्धिसँगै कूटनीतिक तयारी, राष्ट्रिय सहमति र पुराना मुद्दाको निरन्तरतामाथि पनि बहस सिर्जना गरेका छन्। खासगरी हवाई मार्ग, सीमा विवाद, ईपीजी प्रतिवेदन, व्यापार घाटा र जलस्रोतको बाँडफाँटजस्ता विषयमा विपक्षी दलले उठाएका प्रश्नलाई सरकारले आगामी दिनमा सम्बोधन गर्नुपर्ने चुनौती छ। नेपाल–भारत सम्बन्धको इतिहासमा सद्भाव र मतभेद सँगसँगै अघि बढेका छन्। खुला सीमा, व्यापार, पारवहन, ऊर्जा र सांस्कृतिक सम्बन्धले दुई देशलाई निकट बनाएका छन्। अर्कोतर्फ, सीमा विवाद, व्यापार असन्तुलन, पारवहन निर्भरता र राजनीतिक अविश्वासजस्ता विषयले सम्बन्धलाई समयसमयमा जटिल बनाएका छन्। ठूलो छिमेकीसँग सहकार्य गर्नु नेपालको आवश्यकता हो, तर सहकार्यको लाभ पारस्परिक र सन्तुलित हुनु पनि उत्तिकै आवश्यक छ। भ्रमणको संयुक्त विज्ञप्तिमा सीमास्तम्भको मर्मतसम्भारका लागि भइरहेको संयुक्त कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिने उल्लेख छ। यो सकारात्मक भए पनि सीमा विवाद समाधानका लागि ठोस समयसीमा र राजनीतिक इच्छाशक्ति आवश्यक छ। नेपालले भारतसँगको सम्बन्धलाई आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताका आधारमा अघि बढाउनुपर्नेछ। भारतका लागि पनि नेपालको विकास, स्थिरता र समृद्धि उसको क्षेत्रीय नीतिको महत्त्वपूर्ण हिस्सा हुनुपर्छ। ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिपत्रले यही साझेदारीलाई नयाँ भाषामा प्रस्तुत गरेको छ। आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, सम्पर्क सञ्जाल, जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा र नवप्रवर्तनलाई यसले भविष्यको सहकार्यका क्षेत्र मानेको छ। तर, नेपालका लागि मुख्य प्रश्न यो हो- यस्तो साझेदारीमा आफ्नो प्राथमिकता र निर्णय क्षमता कसरी सुरक्षित राख्ने? ठूलो छिमेकीसँग सहकार्य गर्नु नेपालको आवश्यकता हो, तर सहकार्यको लाभ पारस्परिक र सन्तुलित हुनु पनि उत्तिकै आवश्यक छ। घोषणाबाट कार्यान्वयनतर्फ बालेनको भारत भ्रमणलाई पूर्ण असफल भन्न मिल्दैन। आर्थिक सहायता प्याकेज, हवाई रुटलाई दुईतर्फी बनाउने सहमति, बन्दरगाह पहुँच, जलविद्युत्, रेल सम्पर्क, पेट्रोलियम पूर्वाधार र संस्थागत सहकार्यका विषयमा भएका निर्णय महत्त्वपूर्ण छन्। तर, यसलाई ऐतिहासिक उपलब्धिका रूपमा मूल्याङ्कन गर्न पनि हतार हुनेछ। भ्रमणका धेरैजसो परिणाम कार्यान्वयनको चरणमा प्रवेश गर्न बाँकी छन्। कतिपय परियोजनाको विस्तृत अध्ययन र वित्तीय व्यवस्था टुङ्गिएको छैन। कतिपयमा प्राविधिक परामर्श आवश्यक छ। केही पुराना परियोजना पुनः अघि बढाउने प्रतिबद्धता मात्र व्यक्त भएका छन्। नेपालले अब प्रत्येक सहमतिको कार्यान्वयनका लागि समयसीमा, जिम्मेवार निकाय र अनुगमन प्रणाली निर्धारण गर्नुपर्छ। विशेषगरी २ खर्ब ४० अर्ब रुपैयाँको सहायता परिचालनमा पारदर्शिता र आर्थिक प्रतिफललाई प्राथमिकता दिनुपर्छ। ऋणबाट सञ्चालन हुने परियोजनाले भविष्यमा सिर्जना गर्ने आम्दानीले ऋणको दायित्व धान्न सक्छ कि सक्दैन भन्ने मूल्याङ्कन आवश्यक छ। प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। त्यस्तै, हवाई रुटको प्राविधिक प्रक्रिया, कान्डला र पारादीप बन्दरगाहको वास्तविक प्रयोग, पञ्चेश्वरको डीपीआर र जलविद्युत् प्रसारण लाइन निर्माणमा नियमित कूटनीतिक संवाद आवश्यक हुनेछ। प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। यसले दुई देशबीच उच्चस्तरीय संवादलाई निरन्तरता दिने अवसर दिएको छ। दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावनाको ढोका खोलेको छ। तर, ढोका खुल्नु र गन्तव्यमा पुग्नु एउटै कुरा होइन। बालेन सरकारले अब कूटनीतिक सहमतिलाई आर्थिक लाभ, पूर्वाधार निर्माण, रोजगारी र नागरिकको जीवनस्तरमा सुधारसँग जोड्न सक्नुपर्छ। अन्ततः यो भ्रमणको वास्तविक सफलता २ खर्ब ४० अर्ब रुपैयाँको घोषणामा होइन, त्यसबाट कति प्रभावकारी परियोजना निर्माण भए, कति नेपालीले रोजगारी पाए, कति व्यापारिक लागत घट्यो र नेपालको आर्थिक तथा रणनीतिक क्षमता कति बलियो भयो भन्ने परिणाममा मापन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण
Latest NewsJust now

चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण

चितवन – नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मंसिर १ देखि ५ गतेसम्म जिल्लाका ८ […] ...

काठमाण्डुपाटी
भारतको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

भारतको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए। नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो ...

केन्द्रबिन्दु
पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ -मुख्यमन्त्री कार्की
Latest NewsJust now

पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ -मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन, जलविद्युत र कृषि क्षेत्रमा पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार विराटनगरमा कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले अहिले पनि लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता पूरा गर्न नीतिगत भन्दा पनि मनसायगत समस्या रहेको बताए । उनले प्रदेश ...

केन्द्रबिन्दु
चोटले थला पारेको करिअर, इख र अनुशासनले बनायो एनपीएलको सर्वोत्कृष्ट खेलाडी
Latest NewsJust now

चोटले थला पारेको करिअर, इख र अनुशासनले बनायो एनपीएलको सर्वोत्कृष्ट खेलाडी

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल)का सर्वोत्कृष्ट खेलाडी बनेका मकवानपुरका रिजन ढकालले अनुशासन, कडा मेहनत र निरन्तरताका साथ अघि बढे सफलता सम्भव हुने बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement