Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

बालुवाटारमा गरिमा विकास बैंकको १२७औं शाखा सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालुवाटारमा गरिमा विकास बैंकको १२७औं शाखा सञ्चालनमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३, बालुवाटारमा १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आज बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन् । सञ्चालनमा आएको बालुवाटार शाखा मार्फत ग्राहकहरूले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटही लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् । आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ । बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवद्र्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ । बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ । बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । The post बालुवाटारमा गरिमा विकास बैंकको १२७औं शाखा सञ्चालनमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
Latest NewsJust now

आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताएका हुन्। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको ...

लुम्बिनी सञ्चार
चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य
Latest NewsJust now

चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य

• भोजपुर सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, चिनी र मुसुरोको दाल बिक्री सुरु गरेको छ। • चिनीको मूल्य बाहिरी बजारमा बढेको कारण उपभोक्ताको माग खाद्य कम्पनीको गोदाममा बढेको छ। • चिनीको बिक्री दर प्रतिकेजी एक सय १० रुपैयाँ रहेको छ, जबकि बाहिरी बजारमा चिनीको मूल्य एक सय ३० रुपैयाँदेखि डेढ सयसम्म छ। ...

नेपालबहस
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण ...

केन्द्रबिन्दु
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल
Latest NewsJust now

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

• नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको विगतको अनुभवको समीक्षा गरेर आगामी कार्यभार तय गर्नुपर्ने बताएका छन्। • उनले २०८२ सालका घटनाले पार्टीको भविष्यमा गम्भीर प्रश्न खडा गरेको र मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको विश्लेषण गरेका छन्। • पोखरेलले भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाउँदै अघि बढ्ने प्रयास गरिएको उल्लेख गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play