Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार
Photo / Coverage: हिमालय टाइम्स

मड्रिड । युरोपेली फुटबलअन्तर्गत आइतबार राती स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग लज्जास्पदरूपमा पराजित भएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले भिल्लारियललाई ३-२ ले पराजित गरी शीर्षस्थानमा तीन अंकको अग्रता कायम राख्यो । खेलको सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुसेयले गोल गर्दै भिल्लारियललाई २-० को अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको अन्त्यतिर लामिन यमल पेनाल्टीमा चुक्दा बार्सिलोना दबाबमा परेको थियो । तर, दोस्रो हाफको १० मिनेटको अन्तरालमा बार्सिलोनाले खेल पल्टायो । जेरार्ड मार्टिन र फर्मिन लोपेजको गोलले खेल बराबरीमा आयो भने ६७औँ मिनेटमा भिल्लारियलका पाउ नाभारोले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी बन्यो । इन्जुरी समयमा नाभारो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिनुभयो । रियल मड्रिडले सेल्टा भिगोलाई हराएपछि दबाबमा रहेको बार्सिलोनाको यो लगातार तेस्रो लिग जित हो । ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई ३-०, ओसासुनाले मालागालाई १–० र रेसिङ सान्टान्डरले रियल सोसिडाडलाई ३-२ ले हरायो । उता, इंग्लिस प्रिमियर लिगमा अमेरिकी राष्ट्रिय टोली छाडेर युनाइटेड सम्हालेका पोचेटिनोको पहिलो खेलमै टोली एनफिल्डमा लिभरपुलसँग ४-० ले स्तब्ध बन्यो । आठौं मिनेटमै लेनी योरोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित युनाइटेडविरुद्ध लिभरपुलले पहिलो हाफमा डोमिनिक सोबोस्लाई र फ्लोरियन विर्ट्ज तथा दोस्रो हाफमा रियो एन्गुमोहा र भिक्टर मुनोजको गोलमा सहज जित निकाल्यो । जितसँगै ११ खेलबाट २१ अंक जोडेको लिभरपुल चौथो स्थानमा उक्लिएको छ भने आठ अंकमै सीमित युनाइटेड १९औँ स्थान (रेलिगेसन क्षेत्र) मै छ । अर्को खेलमा ब्राइटन हलसँग २-० ले पराजित हुँदा शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउन चुक्यो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग
Latest NewsJust now

रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले क्रिकेट टोलीको टुंगो लगाएको छ । प्रदेशले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी अघि बढाएको हो । मंसिर १६ गते औपचारिक उद्घाटन हुने राष्ट्रिय खेलकुदमा क्रिकेटका प्रतिस्पर्धा भने त्यसअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । बागमतीले समूह ‘सी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । यस ...

हिमालय टाइम्स
राइजिङ स्टार्स एसिया कप क्रिकेट
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कप क्रिकेट

दोहा । राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान-ए ले चिरप्रतिद्वन्द्वी भारत-ए लाई ४८ रनले पराजित गरेको छ । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.२ ओभरमा ३१३ रन बनाएर अलआउट भएको थियो । जवाफमा उत्रिएको भारतीय टोलीले ४९.१ ओभरमा २६५ रनमात्र बनाउन सक्यो । जितसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ...

हिमालय टाइम्स
विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि
Latest NewsJust now

विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि

लण्डन । सातपटकका ग्राण्डस्लाम च्याम्पियन स्पेनी टेनिस स्टार कार्लोस अल्काराजले विश्व नम्बर एक अलेक्जेण्डर जेभेरेभलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ‘एटिपी फाइनल्स’ उपाधि जित्नुभएको छ । आइतबार राती सम्पन्न फाइनलमा २३ वर्षीय अल्काराजले जर्मन प्रतिद्वन्द्वी जेभेरेभलाई ६-२, ७-६-७ ले पाखा लगाउनुभएको हो । नाडीको चोटका कारण चार महिना कोर्टबाहिर रहेर युएस ओपनमार्फत् पुनरागमन गर्नुभएका अल्काराजको यो लगातार १४औँ जित ...

हिमालय टाइम्स
हत्याको आरोपमा एक जना पक्राउ
Latest NewsJust now

हत्याको आरोपमा एक जना पक्राउ

पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement