बारामा स्वास्थ्य चौकीकाे भवनमा थुनिएका ३८ सरकारी कर्मचारीको उद्धार

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा घेराबन्दीमा परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ। स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म बाहिर निस्कन पाएका थिएनन्। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार शनिबार बिहान साढे १० बजेदेखि भवनभित्रै थुनिएका उनीहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्। शनिबार बिहान आधारभूत स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो। विवाद चर्किएपछि फेटा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएपछि आक्रोशित स्थानीयले स्वास्थ्य चौकी घेराउ गरेका थिए। तनावका कारण भवनभित्रै रोकिएका कर्मचारीलाई सुरक्षाकर्मीले उद्धार गरेपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घर झगडा उदाङ्गो भयो : प्रभु साह
भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरू निकम्मा बनाइएको र नेतृत्वहरू पनि नैतिक सङ्कटमा परेको टिप्पणी गरेका छन् । उनले देश पछिल्लो... ...

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
सिराज खाननेपालगन्ज, कात्तिक १४ गते । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।नेपालगन्... ...

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात भएको हो । हिमपातका कारण चिसो बढ्नुका साथै केही स्थानमा सडक तथा पदमार्ग अवरुद्ध भएका छन् । डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको […] ...

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा
काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क(हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। लामो समयदेखि ...


