Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का करिब १७ वर्षीय धिरज यादव तथा मोटरसाइकलमा सवार भोडहाका करिब १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा चालक धिरजको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ का करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । The post बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
ताजा खबरJust now

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म ...

नेपालन्युज
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
ताजा खबरJust now

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ ...

कर्पोरट खबर
मुम्बईमा टाइगर श्राफलाई ताकेर गोली प्रहार
ताजा खबरJust now

मुम्बईमा टाइगर श्राफलाई ताकेर गोली प्रहार

आइतबार मुम्बईमा बलिउड अभिनेता टाइगर श्राफलाई ताकेर गोली प्रहार गरिएको छ। यद्यपि उनी सुरक्षित रहेको मुम्बई प्रहरीले जनाएको छ।  भारतीय अनलाइन दैनिक भास्करका अनुसार मुम्बईको जुहुमा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई लक्ष्य गरी गोली हानेका हुन्।  गोली लागेर अभिनेता श्राफका चालक घाइते भएका छन्। टाइगर श्राफ जुहुको पुष्पा पार्क क्षेत्रनजिकै हुँद... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play