बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध

काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित सडकमा बाढीका कारण यातायात प्रभावित भएको छ। उक्त सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन्। यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–५ ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। प्रहरीका अनुसार विपद्का कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। सम्बन्धित सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चीन गइन् विद्यादेवी
स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन्। ...

नेपाली उद्योगको सञ्चालन क्षमता भुकम्प र कोभिडपछिकै कमजोर अवस्थामा
काठमाडौँ। नेपालका उत्पादनमूलक उद्योग सञ्चालन क्षमताभन्दा निकै कम रहेको र यो घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सम्बन्धी अध्ययनको तथ्यांकले यस्तो अवस्था देखाएको... ...

फेसबुकको माउ कम्पनी मेटाविरुद्ध अमेरिकी इतिहासमै ठुलो जरिवाना
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी 'मेटा'लाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा हालसम्मकै ठुलो जरिवाना गरिएको छ। बीबीसीका अनुसार अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक अदालतले मेटालाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो। फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीयताबारे कम्पनीले उपभोक्ताल... ...

गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता
काठमाडौं । मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता भएका छन् । मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी दुई पर्वतारोही बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन् । काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए । उनीहरूले ...


