बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा। परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ। बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो । गाउँपालिकाले बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गरेको हो । निवेदनमा बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेरसँगै बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणा समावेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले जानकारी दिए । गाउँपालिकाका अनुसार बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा व्यक्ति बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका... ...
_fam6WtIhIE.jpg)
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा... ...

बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह
पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता... ...

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...


