बाढीपीडितको शव पहिचानमा सहयोग गर्न सरकारलाई हस्तान्तरण गरियो दुई सेट डीएनए किट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट अत्याधुनिक डीएनए किट हस्तान्तरण गरेका छन्। बाढी तथा विपत्तिमा ज्यान गुमाएका व्यक्तिको पहिचानमा सहयोग पुर्याउने उद्देश्यले उक्त किट सरकारलाई उपलब्ध गराइएको हो। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा आचार्य र नेपालले डीएनए परीक्षण तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्। यी उपकरण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कार्यक्रममा आचार्यले गत २६ अगस्टमा रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभर रहेका गैरआवासीय नेपालीले पीडितको सहयोगका लागि लाखौँ डलर सहयोग गरेको बताए। नेपाललाई संकटका बेला सहयोग गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै उनले डीएनए किट हस्तान्तरण पनि मातृभूमिप्रतिको सेवाको एउटा उदाहरण भएको बताए। नेपालमा डीएनए किट आवश्यक रहेको जानकारी गराउँदै सम्बन्धित निकायसँग समन्वय गरिदिएकोमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई धन्यवादसमेत दिए। बेलायतस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक उत्तम नेपालले विपत्तिको समयमा नेपाल सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपालले आफ्नो परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले आचार्य र नेपाललाई सहयोगका लागि धन्यवाद दिँदै भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपत्तिपछि मृतकको शव पहिचान गर्नु ठूलो चुनौती बनेका बेला अत्याधुनिक डीएनए किट प्राप्त हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले विपत्तिका बेला गैरआवासीय नेपाली समुदायले देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन पनि गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे। कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीले देखाएको परोपकारी भावनाको प्रशंसा गर्दै विपत्तिमा परेको नेपाललाई विश्वभरका नेपालीको सहयोग आवश्यक रहेको बताइन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी
• नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच सुरु भएको छ। • लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ र सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ। • प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको तेस्रो संस्करणको उद्घाटन गरेका छन्, जसमा शिक्षामन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए। ...

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै
बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । ...

बुटवलमा सराय नाच प्रदर्शन
बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा... ...

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा... ...


