बाढीपहिरोले पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले आइतबार पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पाँचवटा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चारवटा सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्। शुक्रबार र शनिबारदेखि परेको वर्षाले सडक सञ्जालमा ठूलो असर पुर्याएको छ। राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू बीपी राजमार्ग र कान्ति लोकपथ शनिबार बिहानैदेखि अवरुद्ध छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका-९ पिन्थलीमा लेदोसहितको पहिरो खसेको छ। यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ को पान्दु र टार्कुचेमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। यसबाहेक गोरखा र खोटाङका राजमार्गहरू पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। यसैगरी, मुस्ताङको जोमसोम-कोरला सडक, पाल्पाको कालीगण्डकी करिडोर र सुर्खेतको कर्णाली राजमार्गमा पहिरो खस्दा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज
काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् । रिबन इन्टरटेनमेन्टद्वारा... ...

पञ्चायतदेखि बालेनसम्म प्रेसमाथि धरपकड
राज्यसत्तालाई प्रश्न गर्नु पत्रकारिताको धर्म हो। सत्तामा बस्नेहरूलाई जवाफदेही बनाउनु सञ्चारमाध्यमको जिम्मेवारी हो। तर नेपालमा यो जिम्मेवारी निर्वाह गर्ने पत्रकार र सञ्चारगृहले पटकपटक राज्यको दबाब, नियन्त्रण र धरपकड सामना गर्दै आएका छन् । पञ्चायतकालमा शासनको आलोचना गर्ने पत्रपत्रिकामाथि प्रतिबन्ध लाग्यो, पत्रकार पक्राउ परे र प्रकाशन बन्द गरिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सञ्चारगृहमा सेना पुग्यो, समाचार सामग्री जाँचियो र रेडियोमा समाचार प्रसारण ...

प्रतिकूल मौसमले ३ विमानस्थल बन्द, शनिबार राति २ जहाज भारततर्फ डाइभर्ट
बिहान ९ बजेसम्म भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द रहे भने काठमाडौंमा कम भिजिबिलिटी र न्यून सिलिङले उडान प्रभावित बनायो । ...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए
बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति... ...


