Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
Photo / Coverage: पर्दाफास

नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुन:निर्माणका चुनौतीलाई सम्बोधन गर्न एडिबीको थप साझेदारी आवश्यक रहेको बताएकी हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप-३१) का अवसरमा सोमबार एडिबीका उपाध्यक्षलगायतसँग भएको द्विपक्षीय भेटवार्तामा उनले भोटेकोशी करिडोरको पुनर्निर्माणमा एडिबीको सहयोग अपेक्षित रहेको उल्लेख गरिन् । मन्त्री चौधरीले भोटेकोशी बाढीले बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिइन् । उनले उक्त विपद् जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरण भएको बताइन् । हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उनले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर तथा पूर्वसूचना प्रणालीको विकासमा एडिबीको साझेदारी आवश्यक रहेको बताइन् । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौधरीले अनुकूलन र पुनर्लाभका लागि अनुदानमा आधारित वित्तीय स्रोतको महत्त्व रहेको स्पष्ट पारिन् । उनले एडिबीलाई सम्भव भएसम्म अनुदान सहयोग वृद्धि गर्न तथा सहयोग परिचालनका प्रक्रिया सरल र छिटो बनाउन आग्रह गरिन् । हरित तथा उत्थानशील वित्त सुविधा (ग्रिन एन्ड रिजिलियन्स फाइनान्सिङ फ्यासिलिटी)को अवधारणा तथा डिजाइनमा एडिबीले गरेको नेतृत्वको प्रशंसा गर्दै उनले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलन कार्यक्रमका लागि अनुदानको व्यवस्था गर्दै उक्त सुविधा शीघ्र स्वीकृत गर्नुपर्नेमा जोड दिइन् । मन्त्री चौधरीले नेपालको पर्वतीय लचिलोपन रणनीति तथा लगानी ढाँचा ‘लिभिङ सगरमाथा’ कार्यान्वयनमा साझेदारी गर्न पनि एडिबीलाई आमन्त्रण गरिन् । नेपाल, भुटान र कीर्गिज गणतन्त्रले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको उल्लेख गर्दै उनले पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि एडिबीको निरन्तर नेतृत्वको स्वागत गरिन् । उनले नेपाल जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा एक दशमलव पाँच डिग्री सेल्सियस तापक्रम सीमाको लक्ष्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिन् । भेटमा मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्याभिलियन सञ्चालनका लागि एडिबीले गरेको सहयोगको प्रशंसा गरिन् । उक्त सहयोगले सरकार, विकास साझेदार, नागरिक समाज, प्रदेश तथा स्थानीय सरकार, समुदाय र युवालाई सहभागी गराउँदै ५० भन्दा बढी कार्यक्रममार्फत नेपालको जलवायु प्राथमिकता अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो । नेपालको विकास यात्रामा एडिबीले लामो समयदेखि प्रदान गर्दै आएको सहुलियतपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री चौधरीले कोप–३१ पछि अर्थ मन्त्रालय र एडिबीको नेपाल आवासीय मिसनसहित सम्बन्धित टोलीबीच छलफल गरी प्रस्तावित सहयोगका विषयलाई अगाडि बढाउन आग्रह गरिन् । कोप–३१ टर्कीको अन्ताल्यामा यही नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० करोड खर्चेर बनाइएको कान्ति तालको बिजोग, संरक्षण नहुँदा झाडीले ढाकियो
OthersJust now

१० करोड खर्चेर बनाइएको कान्ति तालको बिजोग, संरक्षण नहुँदा झाडीले ढाकियो

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । ...

पर्दाफास
खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
OthersJust now

खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान,४० वर्षीया सकुन्तला पासवान र १८ वर्षीय करण पासवान रहेका छन् । सोमबार राति पौने ८ बजेको समयमा… ...

अनलाइन खबर
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
OthersJust now

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। “देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ ...

पर्दाफास
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म
OthersJust now

कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म

जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना थपिएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play