बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात

काठमाडाैं । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ । यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत आपूर्तिसमेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत पठाइएको छ । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको बिजुली विक्री भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो । यस वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा कुल विद्युत निर्यात १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणकाअनुसार असोजमा भारततर्फको निर्यात मुख्यतः दुई संयन्त्रमार्फत गरिएको छ । जसमा हरियाणा र बिहार राज्यसँग गरिएको द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड तथा रियल टाइम बजार रहेका छन् । कुल निर्यातको करिव दुई तिहाइ परिमाण द्विपक्षीय सम्झौताअनुसार र बाँकी एक तिहाइ हिस्सा आइएक्सको खुला प्रतिष्पर्धी बजारमार्फत बिक्री गरिएको हो । अर्कोतर्फ, भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पु¥याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । तर भारतको केन्द्रिय विद्युत प्राधिकरण (सीईए) ले अन्य वैकल्पिक आयोजनाबाट विद्युत पठाउने अनुमति दिएपछि गत कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत प्रवाह पुनः सुचारु भएको छ । अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ । नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको सम्झौताअनुसार प्रत्येक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत उपलब्ध गराउने व्यवस्था छ । यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत निर्यातको नयाँ स्वीकृति पाएसँगै नेपालबाट भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


