‘बाटुलो जून’को शीर्ष गीतमा अनमोल र प्रिन्सीको प्रेम

काठमाडौं । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार युट्युबमार्फत चलचित्रकै नाम रहेको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै अभिनेता तथा निर्देशक भुवन केसी र अभिनेत्री गरिमा पन्तलाई देख्न सकिन्छ । यसअघि सार्वजनिक प्रचार सामग्रीमा भुवन केसीलाई प्रस्तुत गरिए पनि गरिमा पन्तको भूमिकाबारे भने निर्माण पक्षले जानकारी दिएको थिएन । लामो समयदेखि नेपालबाहिर रहँदै आउनुभएकी गरिमाका लागि यो चलचित्र अभिनयमा पुनरागमनसमेत हो ।राम अविरल विष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर छ । गीतमा संगीत तथा संगीत संयोजन एसडी योगीले नै गर्नुभएको छ भने नृत्य निर्देशन कविराज गहतराजको छ । जिया केसी र भविष्य खड्का निर्माता रहेको यस चलचित्रमा अनमोल, प्रिन्सी, भुवन केसी र गरिमाका अतिरिक्त नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी, संगी अधिकारी पोखरेललगातका कलकाकारको अभिनय छ । विवेक थापा सहनिर्माता रहेको चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नुभएको छ । लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गर्नुभएको छ । रोमन बज्राचार्यले चलचित्रको पार्श्व संगीत तयार पार्नुभएको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि देखाएको पछिल्लो व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उनले मिडिया हाउसमा... ...

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ । ...

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको ...

लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको मौसम क्रमशः खुल्दै गएको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। शनिबार साँझदेखि वर्षा... ...


