‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’

काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी नोकझोक तथा प्रेमिल केमेस्ट्री प्रस्तुत गरिएको छ । गीतले तत्कालीन नेपाली समाजको रहनसहन र सांस्कृतिक पक्षलाई समेत उजागर गरेको छ । निर्माण टिमका अनुसार नजिकिँदो तिहार पर्व र देउसीभैलोको आकर्षणलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा रुबै र प्रवीण बेडुवालको स्वर रहेको छ भने रूप महानताले संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ । पञ्चेबाजा, सारंगी, गीतार र बाँसुरीका धुन समेटिएको गीतले नेपाली मौलिक संगीतको स्वाद पस्कने प्रयास गरेको छ । भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’ सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो । ३० देखि ४० को दशकको नेपाली सामाजिक परिवेशमा आधारित चलचित्रले तत्कालीन समयको जीवनशैली, प्रेम गर्ने शैली र आदर्श प्रेमको कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ । निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा प्रस्तुत गर्ने चलचित्र मात्र नभई उहाँको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको छ । तत्कालीन समयका लोकप्रिय अभिनेता केसी चलचित्रमा स्वयं महत्त्वपूर्ण भूमिकामा देखिनुहुनेछ । चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गर्नुभएको छ । राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको चलचित्रमा प्रदीप श्रेष्ठले एसोसिएट निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ । चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गर्नुभएको हो भने विवेक थापा सहनिर्माताका रूपमा हुनुहुन्छ । यसै चलचित्रमार्फत अभिनेत्री गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गर्नुभएको छ । पुरानो नेपाली समाजको परिवेश, प्रेमकथा र सांस्कृतिक पक्षलाई चलचित्रमा समेटिएको निर्माणपक्षले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए। आज... ...

मिनी संसदमा विधेयकको चाप
काठमाडौँ, कात्तिक १० गते । सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा... ...

राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने
नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ। वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो। वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम द... ...

नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको प्रमुख राजनीतिक शक्ति हो । प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको रक्षा र लोकतान्त्रिक व्यवस्था निर्माणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ तर इतिहासको गौरवशाली विरासतले मात्र वर्तमानको राजनीतिक आवश्यकता पूरा गर्न सक्दैन । बदलिँदो समाज, नागरिकका नयाँ आकांक्षा र राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न कांग्रेसले आफूभित्र गम्भीर समीक्षा, सुधार र रूपान्तरणको प्रक्रिया अघि ...


