Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
Photo / Coverage: केन्द्रबिन्दु

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् । बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए । नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन् । होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो । सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताउनुभयो । उहाँका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ । सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ । होस्टेलमा कुकुरको मेनु : बिहान दूधभात, बेलुका ‘चिकनभात’ होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Latest NewsJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच ...

केन्द्रबिन्दु
एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षा
Latest NewsJust now

एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षा

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारपछि नेता तथा कार्यकर्तामा छाएको निराशा र संगठनात्मक अराजकता चिर्न मंसिर २ र ३ गते... ...

रातोपाटी
विवादपछि एनभिडियाका प्रमुख हुआङले दिए राजीनामा
Latest NewsJust now

विवादपछि एनभिडियाका प्रमुख हुआङले दिए राजीनामा

सान फ्रान्सिस्को । चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन् । उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ । यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ । राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य ...

केन्द्रबिन्दु
‘कलाकार बन्ने कोसिस अझै गरिरहेको छु’
Latest NewsJust now

‘कलाकार बन्ने कोसिस अझै गरिरहेको छु’

‘दाह्री बा’ भन्ने बित्तिकै जो कोहीको मानसपटलमा आउने नाम हो– कलाकार सुरवीर पण्डित । लामो समयदेखि फिल्म, टेलिफिल्म, म्युजिक भिडियोदेखि नाटकसम्म छाइरहेका कलाकार पण्डितको यो परिचय टेलिसिरियल ‘मेरी बास्सै’बाट बनेको हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play