Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विवादपछि एनभिडियाका प्रमुख हुआङले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवादपछि एनभिडियाका प्रमुख हुआङले दिए राजीनामा
Photo / Coverage: केन्द्रबिन्दु

सान फ्रान्सिस्को । चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन् । उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ । यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ । राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुमा १३ प्रतिशतसम्म घटेको थियो । कम्पनीको बजार पुँजीकरणमा करिब ४५ खर्ब अमेरिकी डलर बराबरको गिरावट आएको विवरण सार्वजनिक भएको छ । ६३ वर्षीय हुआङले प्रमुख कार्यकारीसँगै सञ्चालक समितिको सदस्य पदसमेत छाडेका छन् । प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने भएको छ । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि तीव्र विस्तार भएको कृत्रिम बौद्धिकता (एआई) उद्योगमा हुआङ प्रमुख व्यक्तित्वका रूपमा स्थापित भएका थिए । भिडियो गेमका लागि ग्राफिक्स बनाउने प्रोसेसर उत्पादनबाट सुरु भएको एनभिडिया एआई मोडेल निर्माणका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ता बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनौपचारिक सल्लाहकारसमेत रहेका हुआङले चीनमा उन्नत एआई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विरोध गर्दै आएका थिए । विवादका बीच राष्ट्रपति ट्रम्पले एप्पलका पूर्वप्रमुख टिम कुकलाई एनभिडियाको नेतृत्वका लागि उपयुक्त उम्मेदवार बताएका छन् । उता, सञ्चालक समितिले सिनोप्सिसका पूर्वप्रमुख हार्वी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ । हुआङले सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेकी थिइन् । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको आरोप लगाए पनि चीनले त्यसलाई अस्वीकार गरेको छ । सिङ्गापुरले भने मेगास्पिडसम्बन्धी अनुसन्धानमा गलत जानकारी दिएको भन्दै एलिसलाई गत फेब्रुअरीमा पुनः देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ । तर उहाँमाथि जासुसीको अनुसन्धान नगरिएको स्पष्ट पारेको छ । यसैबीच, ‘द न्युयोर्क टाइम्स’ ले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अर्को सम्बन्ध रहेको दाबी गरेको छ । सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा अनुसन्धानसमेत सुरु गरेको थियो । अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा वर्चस्व कायम गर्ने प्रतिस्पर्धा चलिरहेका बेला यो विवाद सार्वजनिक भएको हो । अमेरिकी सांसदहरूले हुआङ र चिनियाँ गुप्तचर निकायबीचको सम्भावित सम्बन्धबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन् । मेगास्पिडमार्फत प्रतिबन्धित एनभिडिया प्रविधि चीन पठाइएको हुन सक्ने आशङ्कासमेत उठेको छ । सिङ्गापुरले यस विषयमा अमेरिकी न्याय मन्त्रालय र एफबिआईसँग पटकपटक जानकारी माग्दा सीमित सहयोग मात्र प्राप्त भएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग
Latest NewsJust now

भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने अडान राखेपछि मृतकका शव अस्पतालमै रोकिएका छन्। बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। ...

केन्द्रबिन्दु
मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप
Latest NewsJust now

मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप

शैतानले कम्तीमा आफ्नो परिचय लुकाउन सभ्यताको मुकुन्डो लगाउनुपर्दैन, तर मानिसभित्रको शैतानले भने महानताको अभिनय गर्दै मानवताको घाँटी निमोठिरहेको ...

हाम्राकुरा
टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र
Latest NewsJust now

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारसँग ठोस पहल गर्न माग गरेको छ । एनआरएनए टर्कीले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ६ बुँदे मागसहितको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play