Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने अडान राखेपछि मृतकका शव अस्पतालमै रोकिएका छन्। बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सडकबाट करिब पाँच सय मिटर तल खसेको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकका आफन्तले यसअघि पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। पछिल्लो समय उनीहरूले सङ्घीय सरकारबाटै थप सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्। मृतकका आफन्तले शव बुझ्न नमानेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ। एक जनाको परिवारले भने शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा बिहीबार छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। पीडित परिवारका माग र क्षतिपूर्तिको विषयमा शुक्रबार पनि छलफल हुने डीएसपी काफ्लेले बताए। प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुन तथा नियमअनुसार उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति दिन कुनै बाधा नरहेको बताएका छन्। तर, पीडित परिवारले कानुनले तोकेकोभन्दा थप क्षतिपूर्ति सङ्घीय सरकारबाटै उपलब्ध गराउनुपर्ने अडान राखेपछि शव हस्तान्तरण र पोस्टमार्टमको प्रक्रिया अघि बढ्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जोखिमपूर्ण भिरबाट उद्धार गरेको थियो। घाइते ६ जनाको हेटौँडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शीर्ष ४ मा पुग्न निर्णायक भिडन्त (भिडियो)
Latest NewsJust now

शीर्ष ४ मा पुग्न निर्णायक भिडन्त (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स... ...

रातोपाटी
दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला
Latest NewsJust now

दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव आज बाँधबाट निकालिएको हो । सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको […] ...

लोकपथ
तिहार बिदामा निर्वाचन क्षेत्रका विकास आयोजना अवलोकनमा मन्त्री र सांसद
Latest NewsJust now

तिहार बिदामा निर्वाचन क्षेत्रका विकास आयोजना अवलोकनमा मन्त्री र सांसद

रुपन्देही, कात्तिक २७ गते । तिहार बिदामा गृहजिल्ला आएका रुपन्देहीका संघीय मन्त्री तथा सांसद निर्वाचन क्षेत्रका विकास निर्माणका कामको अवलोकन र जनभेटघाटमा व्यस्त हुनुभएको छ ।भौतिक पू... ...

गोरखापत्र
गोताखोर टोलीले निकाल्यो सिँचाइ बाँधमा बेपत्ता युवकको शव
Latest NewsJust now

गोताखोर टोलीले निकाल्यो सिँचाइ बाँधमा बेपत्ता युवकको शव

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्किले जानकारी दिए । छ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play