Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सरकार कांग्रेसमा गुटबन्दी बढाउने खेलमा लागेको प्रदीप पौडेलको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सरकार कांग्रेसमा गुटबन्दी बढाउने खेलमा लागेको प्रदीप पौडेलको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी पार्टीभित्र गुटबन्दी बढाउन खोजेको आरोप लगाएका छन्। उनले अन्य दलको नेतृत्व कमजोर बनाउने र आन्तरिक विवाद चर्काउने खेलमा सरकार लागेको दाबी गरेका हुन्। शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको बताए। अन्य दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कुन पार्टीलाई कमजोर पार्ने भन्ने खेलमा सरकार लाग्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ थियो। बलियो जनमतसहित सरकार गठन भएको अवस्थामा जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु उचित नभएको उनले बताए। विगतमा केही राजनीतिक दलका नेताहरू मिलेर गठबन्धनको सिन्डिकेटमार्फत शासन सञ्चालन गर्न खोजेको र कांग्रेसले त्यसलाई तोडेको प्रसंग उल्लेख गर्दै पौडेलले अहिले फेरि त्यस्तै राजनीतिक अभ्यास दोहोर्‍याउन खोजिएको आरोप लगाए। उनले रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार काम गर्न र अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचेत गराए। ‘लोकतन्त्र भनेको विधिको शासन, जवाफदेहिता र फरक मतको सम्मान हो। जनताको विश्वास प्राप्त सरकारले अन्य दलमा गुटबन्दी र नियन्त्रणको राजनीति गर्नुभन्दा जनताको पक्षमा काम गर्नुपर्छ,’ पौडेलले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग
Latest NewsJust now

भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने अडान राखेपछि मृतकका शव अस्पतालमै रोकिएका छन्। बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। ...

केन्द्रबिन्दु
मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप
Latest NewsJust now

मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप

शैतानले कम्तीमा आफ्नो परिचय लुकाउन सभ्यताको मुकुन्डो लगाउनुपर्दैन, तर मानिसभित्रको शैतानले भने महानताको अभिनय गर्दै मानवताको घाँटी निमोठिरहेको ...

हाम्राकुरा
टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र
Latest NewsJust now

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारसँग ठोस पहल गर्न माग गरेको छ । एनआरएनए टर्कीले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ६ बुँदे मागसहितको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play