Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्। दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘थनुका दबारेसँग अनुभव छ। उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ,” खड्काले भने। टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए। ‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु। एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु। प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ’ दबारेले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग
Latest NewsJust now

भीमफेदी दुर्घटना : आफन्तद्वारा शव बुझ्न अस्वीकार, सरकारसँग क्षतिपूर्ति माग

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले सङ्घीय सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने अडान राखेपछि मृतकका शव अस्पतालमै रोकिएका छन्। बिहीबार बिहान काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। ...

केन्द्रबिन्दु
मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप
Latest NewsJust now

मानवताको मुकुन्डो : शक्ति, अहंकार र क्रुरताको स्वरूप

शैतानले कम्तीमा आफ्नो परिचय लुकाउन सभ्यताको मुकुन्डो लगाउनुपर्दैन, तर मानिसभित्रको शैतानले भने महानताको अभिनय गर्दै मानवताको घाँटी निमोठिरहेको ...

हाम्राकुरा
टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र
Latest NewsJust now

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारसँग ठोस पहल गर्न माग गरेको छ । एनआरएनए टर्कीले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ६ बुँदे मागसहितको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play