Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

अमेरिका । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ । एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईको दाबी छ । ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो । एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा सङ्लग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताए। फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौँ । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।” यद्यपि, उनले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुन सक्ने सम्भावनालाई अस्वीकार गरे । क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना–साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए । यस्तो प्रक्रिया महिनौँसम्म चल्न सक्ने उनको अनुमान छ । ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए । यद्यपि, चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए । “हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौँ,” उनले भने । उनका अनुसार यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेलजस्तै हो । बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी छ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ । साथै, ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिँदै
Latest NewsJust now

बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिँदै

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो । हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको ...

फरकधार
जापानद्वारा जिज्ञानकुमार थापाको विवरण दिन अस्वीकार
Latest NewsJust now

जापानद्वारा जिज्ञानकुमार थापाको विवरण दिन अस्वीकार

काठमाण्डु- जापानले प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे नेपाल सरकारले मागेको विवरण दिन अस्वीकार गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र मन्त्रालयसँग थापाको स्थायी आवासीय अनुमति (पीआर) को अवस्था, श्रीमती र छोराहरुको पीआर, श्रीमतीको स्वामित्वमा जापानमा रहेको चलअचल सम्पत्ति तथा सरकारी निकायमा पारिश्रमिक लिएर काम गरेको विषयमा विवरण मागेको थियो । समिति सचिवलायले मन्त्रालयमार्फत जापानस्थित नेपाली […] ...

काठमाण्डुपाटी
कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा
Latest NewsJust now

कर्मचारीमाथि धरपकड गरेर सरकारको हुकुमी शासन चल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कर्मचारीमाथि प्रहरी लगाएर दबाब दिने सरकारको शैलीप्रति आपत्ति जनाएका छन्। उनले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीमाथि भएको धरपकडलाई विधिको शासनविपरीतको कदम भन्दै आलोचना गरेका हुन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले कर्मचारीले गल्ती गरेको भए पनि स्थापित कानुनी संयन्त्रमार्फत अनुसन्धान र कारबाही हुनुपर्ने बताए। उनले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका कर्मचारीलाई प्रहरी ...

टक्सार
गगन थापाले उठाए सरकारको नियतमाथि प्रश्न
Latest NewsJust now

गगन थापाले उठाए सरकारको नियतमाथि प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारबाट हुने अनुसन्धानहरू निष्पक्ष हुनेमा गम्भीर प्रश्न उठाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा बनेका विभिन्न छानबिन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play