Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बाँकेको जानकी गाउँपालिकामा आगलागी हुँदा सात घर जलेर नष्ट

बाँकेको जानकी गाउँपालिकामा आगलागी हुँदा सात घर जलेर नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेको जानकी गाउँपालिकामा आगलागी हुँदा सात घर जलेर नष्ट

बाँके, कात्तिक ४ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल घटनास्थलमा पुगेका थिए। प्रहरीका अनुसार दमकल र सुरक्षाकर्मीको प्रयासपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट जानकी गाउँपालिका–६ कपासी निवासी साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यसैगरी, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, स्थानीय महेश खानको पक्की घरको एउटा झ्यालमा समेत आगलागीबाट क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण
राजनीतिJust now

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारीको दर्शन र उनको हातबाट टीका ग्रहण गर्ने परम्पराले पुनः निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शन गराउने परम्परा आजदेखि पुनः सुरु भएको हो । मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । ...

फरकधार
राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले लगाए दशैँको टीका, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने क्रम जारी रहने
राजनीतिJust now

राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले लगाए दशैँको टीका, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने क्रम जारी रहने

काठमाडौं, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज विजयादशमीका दिन राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका छन्। आफूभन्दा ठुलाबडाबाट टीका लगाएर आशीर्वाद लिने र आफूभन्दा सानालाई टीका लगाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने क्रम देशभर जारी छ। यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको थियो। उक्त ...

जनताटाइम्स
कतै दसैँको रौनक, कतै शोकको सन्नाटा
राजनीतिJust now

कतै दसैँको रौनक, कतै शोकको सन्नाटा

आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोलटोलमा दसैँका गीत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play