Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बलिवुड चलचित्र ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने

बलिवुड चलचित्र ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिवुड चलचित्र ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने

काठमाडौँ । निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ हलमा प्रदर्शनपछि ओटीटीमा पनि आउने भएको छ । निर्माता नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र जियोहटस्टारबीच भएको सम्झौताअनुसार चलचित्र उक्त डिजिटल माध्यमबाट प्रदर्शन गरिनेछ । रणवीर कपुर, साई पल्लवी, यश र सनी देओललगायत कलाकारको अभिनय रहेको चलचित्रलाई ठूलो बजेटमा निर्माण गरिएको छ। यसको प्रदर्शनअघि प्रचारप्रसार पनि तीव्र पारिएको छ। चलचित्र ओटीटीमा हेर्न दर्शकले नियमित सदस्यता शुल्कबाहेक अतिरिक्त रकम तिर्नुपर्ने जनाइएको छ । यसलाई ‘पे पर भ्यु’ प्रणालीअन्तर्गत उपलब्ध गराइनेछ, जसमा दर्शकले चलचित्र हेर्न छुट्टै पहुँच खरिद गर्नुपर्ने हुन्छ । चलचित्र ५ नोभेम्बर २०२६ मा भारतभरका हलमा प्रदर्शन हुने तय भएको छ र फिल्मको एडभान्स बुकिंग शुरु भइसकेको छ । तर ओटीटीमा सार्वजनिक हुने मिति भने आधिकारिक रूपमा घोषणा गरिएको छैन । सामान्यतया हलमा प्रदर्शन भएको आठदेखि १० हप्तापछि चलचित्र ओटीटीमा आउने भएकाले ‘रामायण’ सन् २०२७ को जनवरीतिर जियोहटस्टारमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको डिजिटल प्रदर्शन मिति र शुल्कबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ । The post बलिवुड चलचित्र ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला
ताजा खबरJust now

एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला

• एनपिएलको तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० र प्रिमियम टिकट १,००० रुपैयाँ। • इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँमा उपलब्ध। • टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ, प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुनेछ। ...

नेपालबहस
एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म
ताजा खबरJust now

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले ...

कर्पोरट खबर
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी
ताजा खबरJust now

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी

सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play