बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

काठमाडौं। मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार तीन अज्ञात व्यक्तिले अभिनेता श्राफलाई लक्षित गरी गोली चलाएका हुन्। घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...
![[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rahadani-18102026071116-watermarked.jpg)
[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग
छानबिन समितिले २०५५ सालमा रातो पासपोर्ट दुरुपयोग गर्ने १३ जना सांसदहरूको नामै किटेर प्रतिवेदन बुझाएको थियो । न्यायिक आयोग गठन भए पनि दोषीमाथि कारबाही भएन । ...

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले... ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि... ...


