बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न सूचना जारी

काठमाडौं । भारतीय अभिनेता आमिर खानका भान्जा एवं बलिउड अभिनेता इमरान खानलाई ‘फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस’ले सूचना जारी गर्दै आगामी अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ । इमरान खानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी नागरिकसम्बन्धी कानुन) उल्लंघन गरेको आरोप छ । इमरान खान मुम्बईको ‘अगस्त क्रान्ति मैदान’मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि भारतीय जनता पार्टी (भाजपा)का नेता किरीट सोमैयाले इमरान खान अमेरिकी नागरिक रहेको र उनले पर्यटक/विदेशी भिसाको नियम उल्लंघन गरेको आरोप लगाएका थिए । सोमैयाले यस सम्बन्धमा प्रहरीमा औपचारिक उजुरीसमेत दर्ता गराएका थिए । मुम्बई प्रहरीका अनुसार, गामदेवी प्रहरी स्टेसनमा खानले नियम उल्लंघन गरेको आरोपमा उजुरी दर्ता भएको थियो । पछि उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि विदेी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको हो । नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार, उक्त सूचनामा उनलाई अमेरिकी नागरिकका रूपमा उल्लेख गर्दै ‘अध्यागमन तथा विदेशी ऐन’ को दफा ७ र २९ उल्लंघन गरेको आरोप लगाइएको छ । सोही आधारमा उनलाई तोकिएको समयावधिभित्र भारत छाड्न निर्देशन दिइएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अन्तर्राष्ट्रिय पेजेन्ट्री, इभेन्ट म्यानेजमेन्ट र मनोरञ्जन क्षेत्रमा नेपाली पहिचान विस्तार गर्दै सामरी
काठमाडौं । कम उमेरमै नेपालगञ्जबाट सुरु भएको सपना अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल युवा नेपाली उद्यमी तथा इभेन्ट व्यवस्थापनकर्मी भरत सामरीले नेपालको मनोरञ्जन तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने यात्रालाई अघि बढाउनुभएको छ । सन् १९९३ मा नेपालगञ्जमा जन्मिनुभएका सामरीले आफ्नो व्यावसायिक महत्वाकांक्षालाई इभेन्ट म्यानेजमेन्ट, मनोरञ्जन र अन्तर्राष्ट्रिय पेजेन्ट्रीका क्षेत्रमा विस्तार गर्दै आउनुभएको छ । समारी इन्टरनेसनल इभेन्ट प्रा.लि.का संस्थापक तथा ...

मधेसमा मजदुरी गरेर छाक टार्नै गाह्रो, दसैँ कसरी मनाउने ?
जनकपुरधाम । बडादसैँ नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । तर, ज्याला–मजदुरी गरेर जीविका चलाउने र न्यून आम्दानी भएका परिवारका लागि दसैँको खुसीभन्दा दैनिक छाक टार्ने चिन्ता ठुलो बनेको... ...

विश्वकप लिग-२: क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं। ओमानमा जारी आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार आज शनिबार बिहान ११:१५ बजे सुरु हुँदैछ। नेपाल र क्यानडा दुवै टोलीका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने महत्वपूर्ण अवसर हो। नेपाल लगातार तेस्रो जित हात पार्दै शीर्ष छमा आफ्नो स्थान ...

सम्झनाहरूको बिहान
समयले सबै बोकेर जाँदैन केही छाया आँखामै छोडिदिन्छ । पत्तै भएन कहिले हरायो बाल्यकाल कहिले हरायो किशोर शरीर कहिले छुटे ती औँलाहरू आखिर युवावस्था पनि प्रौढावस्थामा पुग्छ प्रौढावस्था वृद्धावस्थामा पुग्छ घरको भित्ताबाट झर्छ पुरानो तस्वीर बाकसभित्र चिसिन्छ आमाको चिठी । समयले गोरेटोबाट हाम्रा पाइला मेटिदिन्छ इतिहासका पानामा कति... ...


