Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका कालु रामको नेपालगञ्ज, बाँकेस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

घोडाघोडी ताल : चराले सुनाउँछन् प्रकृतिको कथा
ताजा खबरJust now

घोडाघोडी ताल : चराले सुनाउँछन् प्रकृतिको कथा

चाँदनी आचार्यघोडाघोडी (कैलाली), कात्तिक ९ गते । बिहानीको शान्त वातावरण, तालमाथि फैलिएको कुहिरो, पानीमा पौडिरहेका जलपन्छी र रुखका हाँगामा बसेर चिरबिर गरिरहेका चराहरू भेटिन्छन् । प्र... ...

गोरखापत्र
एनपीएललाई गगन थापाको शुभकामना
ताजा खबरJust now

एनपीएललाई गगन थापाको शुभकामना

सहभागी टोली, नेपाल क्रिकेट सङ्घ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना सन्देश दिएका छन्। ...

हाम्राकुरा
भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद
ताजा खबरJust now

भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका–४, हलचापस्थित धुर्व श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार ५४ वर्षीय श्रेष्ठसहितका व्यक्तिलाई आइतबार राति पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई लाख ९० हजार ७० रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play