Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बत्तीमुनिको अँध्यारो दोलखाको गौरीशंकर : पालिका केन्द्र सुरीमै इन्टरनेटको चरम समस्या, टेलिकमको डाटासमेत चल्दैन

बत्तीमुनिको अँध्यारो दोलखाको गौरीशंकर : पालिका केन्द्र सुरीमै इन्टरनेटको चरम समस्या, टेलिकमको डाटासमेत चल्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बत्तीमुनिको अँध्यारो दोलखाको गौरीशंकर : पालिका केन्द्र सुरीमै इन्टरनेटको चरम समस्या, टेलिकमको डाटासमेत चल्दैन

दोलखा, कात्तिक ६ । देश डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेको छ । गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार गर्ने, डिजिटल सेवा प्रवाह गर्ने र प्रविधिमार्फत नागरिकको जीवन सहज बनाउने बहस चलिरहेको छ । सरकारले सबै पालिकामा इन्टरनेटको सुविधा बिस्तार गरिसकेको घोषणा पटकपटक गरिरहेकै छ । तर दोलखाको उत्तरी क्षेत्रमा अवस्थित नेपालकै चर्चितमध्येको एक गौरीशंकर गाऊँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ सुरीका स्थानीयवासी भने अझै पनि भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित छन्। इन्टरनेटको ठूलो समस्या झेलिरहेका उनीहरूका लागि मोबाइलमा डाटा हुनु र त्यसबाट इन्टरनेट चलाउन पाउनु उस्तै कुरा बन्न सकेको छैन । नेपाल टेलिकमको डाटासमेत राम्रोसँग नचल्दा स्थानीयले सञ्चार तथा सूचना प्रविधिको सहज उपयोग गर्न पाएका छैनन्। विडम्बना कस्तो भने, प्रविधिको विकास र विस्तारको चर्चा भइरहेका बेला सुरीका बासिन्दाले सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत सास्ती भोग्नुपरेको छ। मोबाइलमा डाटा प्याकेज सक्रिय भए पनि इन्टरनेट नचल्ने वा अत्यन्तै कमजोर चल्ने समस्याले डिजिटल सेवामाथिको पहुँचलाई नै प्रश्नको घेरामा पारेको छ। ‘भाषणमा सबै कुरा भए तर व्यवहारमा केही हुनै सकेन । हाम्रो गाऊँमा इन्टरनेट चलाउन आकासको फल आँखातरी मर जस्तै बनेको छ,’ गौरीशंकर-५ सुरी मुलाबारीका युवाहरु भन्छन्। उनीहरुका अनुसार इन्टरनेट मात्र होइन टेलिफोनसमेत लाग्न मुस्किल पर्छ । नेटका लागि रुखमा चढेर टावरको सिग्नल कुर्दै सहरमा रहेका आफन्तलाई फोन गर्नुपर्ने बाध्यता रहेको छ । इन्टरनेट छ, प्रयोग गर्न सकिँदैन आजको समयमा इन्टरनेट विलासिताको साधन मात्र होइन। यो शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, रोजगारी र सरकारी सेवा प्राप्त गर्ने महत्वपूर्ण माध्यम बनिसकेको छ । विद्यार्थीका लागि अनलाइन अध्ययन सामग्री खोज्न, शिक्षकका लागि शैक्षिक स्रोत प्रयोग गर्न, व्यवसायीका लागि बजारसँग जोडिन र सर्वसाधारणका लागि सूचना प्राप्त गर्न इन्टरनेट अपरिहार्य भइसकेको छ । तर सुरीका बासिन्दाले यस्ता सामान्य कामका लागि पनि समस्या भोग्नुपर्ने अवस्था छ । नेपाल टेलिकमजस्तो सरकारी दूरसञ्चार सेवा प्रदायकको मोबाइल डाटासमेत प्रभावकारी रूपमा नचल्दा स्थानीयवासीले सहज सञ्चारको सुविधा पाउन सकेका छैनन् ।इन्टरनेटको कमजोर पहुँचले दैनिक जीवनका सामान्य कामदेखि अत्यावश्यक सूचना आदानप्रदानसम्म असर पार्न सक्छ। अनलाइनबाट हुने कामका लागि अन्यत्र जानुपर्ने, लामो समय कुर्नुपर्ने वा काम नै रोक्नुपर्ने अवस्था सिर्जना हुँदा त्यसको प्रत्यक्ष भार स्थानीय नागरिकमाथि पर्छ । डिजिटल नेपालको नारामुनि छुटेको सुरी नेपालले डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । सरकारी सेवा अनलाइनमा उपलब्ध गराउने, शिक्षामा प्रविधिको प्रयोग बढाउने र ग्रामीण क्षेत्रलाई सूचना प्रविधिसँग जोड्ने लक्ष्य राखिएको छ । तर यस्ता लक्ष्यको वास्तविक सफलता नागरिकले आफ्नो घर, गाउँ र समुदायबाट सेवा प्रयोग गर्न सके कि सकेनन् भन्ने आधारमा मापन हुनुपर्छ। गौरीशंकर गाउँपालिका–५, सुरीको अवस्था यही प्रश्नसँग जोडिएको छ । इन्टरनेट सेवा प्रभावकारी नभएसम्म डिजिटल सेवाको उपलब्धता कागजमा सीमित हुन सक्छ । सेवा अनलाइनमा उपलब्ध भए पनि त्यसलाई प्रयोग गर्ने पूर्वाधार कमजोर छ भने नागरिकले त्यसको लाभ लिन सक्दैनन् । ग्रामीण भेगमा भरपर्दो इन्टरनेट सेवा विस्तार गर्नु केवल प्राविधिक विषय होइन, यो समान अवसर र समावेशी विकासको सवाल पनि हो। सहरका नागरिकले सहजै प्रयोग गर्न सक्ने सुविधा दुर्गम क्षेत्रका नागरिकका लागि पहुँचबाहिर रहनु डिजिटल विभाजनको उदाहरण हो। बत्तीमुनिको अँध्यारो ‘बत्तीमुनिको अँध्यारो’ भन्ने उखान गौरीशंकर गाउँपालिकाको इन्टरनेट समस्यासँग ठ्यक्कै मेल खान्छ । किनकि यो पालिका दोलखाकै अगुवा नेताहरुको गृहपालिका हो । पूर्वमन्त्रीद्वय पार्वत गुरुङ, देवी खड्कासहित बागमती प्रदेशका पूर्वमन्त्रीद्वय विशाल खडका, सरस्वती बस्नेतको पालिका पनि यही हो यो । तर यही पालिकाको अवस्था निकै दयनीय छ, सुविधाको हिसाबमा । गौरीशंकरका नेताले गरेनन् भन्ने नारा दिएर एक महिनाभित्रै टेलिफोन र इन्टरनेट सुविधा दिलाउने बाचा गरेर भोट लिएका सत्तारुढ दल रास्वपाबाट निर्वाचित सांसद जगदीश खरेल त गौरीशंकरको यो समस्यातिर आँखा लगाउने चेष्टा नै नगरेको पालिकावासीको गुनासो छ । पालिकामै रहेका नेताहरुको नाम लिएर उनीहरुले नै हो गर्ने भन्दै भोट लिएपछि वास्ता नगरेको गुनासो नागरिकको छ । ‘भाषणमा सबै कुरा भए तर ब्यवहारमा केही हुनै सकेन । हाम्रो गाऊँमा इन्टरनेट चलाउन आकासको फल आँखातरी मर जस्तै बनेको छ,’ गौरीशंकर-५ सुरी मुलावारीका युवाहरु भन्छन् । उनीहरुका अनुसार इन्टरनेट मात्र होइन टेलिफोनसमेत लाग्न मुस्किल पर्छ । नेटका लागि रुखमा चढेर टावरको सिग्नल कुर्दै शहरमा रहेका आफन्तलाई फोन गर्नुपर्ने बाध्यता रहेको छ । देशले प्रविधिको उज्यालो फैलाउने कुरा गरिरहँदा त्यही देशका ग्रामीण बस्तीमा आधारभूत डिजिटल सुविधा कमजोर हुनु विडम्बनापूर्ण अवस्था हो । गौरीशंकर गाउँपालिका प्राकृतिक सौन्दर्य र भौगोलिक विविधताले परिचित क्षेत्र हो । तर विकासको मापन प्राकृतिक सम्पदा र भौतिक पूर्वाधारबाट मात्र हुँदैन । नागरिकले सञ्चार, सूचना र प्रविधिको सुविधा कति सहज रूपमा प्राप्त गर्न सक्छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सुरीमा इन्टरनेटको समस्या समाधान नहुनु स्थानीयवासीको मात्र समस्या होइन। यो स्थानीय सरकार, दूरसञ्चार सेवा प्रदायक र सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने विषय हो । विशेषगरी नेपाल टेलिकमको डाटासमेत प्रभावकारी रूपमा नचल्ने अवस्थाबारे प्राविधिक अध्ययन गरी समस्याको वास्तविक कारण पहिचान गर्न आवश्यक देखिन्छ । समाधानको प्रतीक्षामा स्थानीयवासी इन्टरनेटको समस्या समाधान गर्न सबैभन्दा पहिले सेवा कमजोर हुनुका कारण पहिचान गर्नुपर्छ। मोबाइल नेटवर्कको पहुँच, टावरको क्षमता, विद्युत् आपूर्ति, उपकरणको अवस्था र नेटवर्कमा पर्ने चापजस्ता पक्षको प्राविधिक परीक्षण आवश्यक हुनसक्छ। समस्याको प्रकृति पहिचान भएपछि मात्रै प्रभावकारी र दीर्घकालीन समाधान सम्भव हुन्छ। यसका लागि नेपाल टेलिकमले सम्बन्धित क्षेत्रमा नेटवर्कको अवस्था अनुगमन गरी आवश्यक सुधार गर्नुपर्छ। गौरीशंकर गाउँपालिकाले पनि स्थानीयको गुनासोलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गर्न आवश्यक छ। इन्टरनेट सेवा प्रदायक र नियामक निकायले समेत ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। स्थानीयवासीले डाटा प्याकेज खरिद गरेपछि भरपर्दो सेवा पाउने अपेक्षा गर्नु स्वाभाविक हो। सेवा उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, त्यो सेवा प्रयोग गर्न सकिने गुणस्तरको पनि हुनुपर्छ। अब आश्वासन होइन, भरपर्दो सेवा चाहियो गौरीशंकर गाउँपालिका–५, सुरीका बासिन्दाले उठाएको इन्टरनेट समस्याको विषयलाई सामान्य प्राविधिक गुनासोका रूपमा मात्र लिन मिल्दैन। यो ग्रामीण नागरिकको सूचना प्राप्त गर्ने अधिकार, डिजिटल सेवामा पहुँच र समान विकासको अवसरसँग जोडिएको सवाल हो। देश डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहँदा सुरीका बासिन्दाले आधारभूत इन्टरनेट सेवाका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। स्थानीय सरकार र नेपाल टेलिकमले समस्यालाई गम्भीरतापूर्वक लिएर यसको कारण पहिचान गर्ने, सुधारको स्पष्ट योजना बनाउने र कार्यान्वयन गर्ने दिशामा पहल गर्न आवश्यक छ। प्रविधिको उज्यालो सबै नागरिकसम्म पुग्नु नै डिजिटल विकासको वास्तविक अर्थ हो। अन्यथा, डिजिटल नेपालको नारामुनि सुरीजस्ता बस्तीमा ‘बत्तीमुनिको अँध्यारो’ कायमै रहनेछ। अब प्रश्न उठ्छ-दोलखाको सुरीमा इन्टरनेट सेवा कहिले भरपर्दो बन्छ ? स्थानीयवासीले कहिलेसम्म मोबाइलमा डाटा भएर पनि इन्टरनेट नचल्ने समस्या भोगिरहनुपर्ने हो ? सम्बन्धित निकायले यसको जवाफ दिनुका साथै व्यवहारमै देखिने समाधान दिनुपर्ने बेला आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द
राजनीतिJust now

पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द

विश्वभरका वेबसाइट र वेब प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्र प्रभावित भएको छ । सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच र ग्राहकका संवेदनशील विवरण चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेका छन् । सुरक्षा जोखिम न्यूनीकरणका लागि ...

फरकधार
विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड
राजनीतिJust now

विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड

बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई ठूला र औपचारिक संस्थामार्फत अघि बढाउने परम्पराभन्दा सीमित देशबीचका लचिला र परिणाममुखी समूहलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा यस्ता समूह निर्माण गरेको उल्लेख गर्दै उनले देशहरू अहिले कम प्रशासनिक झन्झट र बढी व्यावहारिक परिणाम दिने सहकार्यको खोजीमा रहेको बताएका हुन् । भारतीय ...

फरकधार
एनडीटीभी विश्व सम्मेलनमा भारत–नेपाल आर्थिक अवसरबारे सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले
राजनीतिJust now

एनडीटीभी विश्व सम्मेलनमा भारत–नेपाल आर्थिक अवसरबारे सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा भारत र नेपालबीचको आर्थिक सहकार्य तथा समृद्धिका अवसरबारे सम्बोधन गर्दैछन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित विशेष सत्रमा सम्बोधन गर्न लागेका हुन् । ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको उक्त सत्रमा उनले अतिथि वक्ताका रूपमा सहभागिता ...

फरकधार
बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
राजनीतिJust now

बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिकरूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ’, पोखराले भनेको छ ।   सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play