बढ्यो अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ५ गते (अक्टोबर २२) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। आज अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ। बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा थियो। यस्तै बिहीबारको तुलनामा आज युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानिज येन, चाइनिज युआनलगायत विदेशी मुद्राको विनिमयदर पनि बढेको छ। हेर्नुहोस् सूची
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैंमा सौराहाको चहलपहल घट्यो, आन्तरिक पर्यटकको कमी
बाढी र सडक अवरोधको त्रासले आन्तरिक पर्यटक घटे पनि बिदा सकिएसँगै पर्यटक आगमन बढ्ने र विदेशी पर्यटकको चहलपहलले व्यवसायमा सुधार आउने व्यवसायीको आशा छ । ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच प्रश्नोत्तर भएपछि…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स ...

गड्डाचौकी नाकाबाट भारत प्रवेश गरे रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पश्चिमी सीमा नाका गड्डाचौकी नाका हुँदै भारत गएका छन्। शुक्रबार तीनदिने भ्रमणका लागि पत्नी निकिता लामिछानेसहित रवि भारत गएका हुन। रवि काठमाडौँबाट विमानमार्फत शुक्रबार बिहान धनगढी ओर्लिएका थिए। त्यसपछि सडकमार्ग हुँदै उनी कञ्चनपुर पुगेका थिए। कञ्चनपुरको गड्डाचौकी नाका हुँदै लामिछाने भारत प्रवेश गरेका छ... ...

क्यानडाको सैनिक अखडामा ग्रिनेड अभ्यासका क्रममा चार सैनिकको मृत्यु
अल्बर्टा । क्यानडाको अल्बर्टास्थित वेनराइट सैनिक अखडामा ग्रिनेड प्रहार अभ्यासका क्रममा लागेको डढेलोबाट चार सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। क्यानडाको सैनिक प्रहरी समूहकी कमान्डर ब्रिगेडियर जनरल... ...


