Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित
Photo / Coverage: नेपालन्युज

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ। सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन्। सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए। उनले भने “इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो। करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ। कर न्याय छिटोछरितो हुनुपर्छ।” उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए। आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताए। नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उनको भनाइ थियो। उनले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
Latest NewsJust now

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

सुनसरी । इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उनले पुर्खादेखि गर्दै आएको पेसा छाडेका छैनन् । आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताए । पहिले हातले माटो मुछेर विभिन्न ...

केन्द्रबिन्दु
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
Latest NewsJust now

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग ...

केन्द्रबिन्दु
नेपालमा लगानी अवसर
Latest NewsJust now

नेपालमा लगानी अवसर

नेपाल प्राकृतिक स्रोतसाधनमा धनी मुलुक हो । हिमाली क्षेत्रबाट दक्षिणतिर बग्ने नदीनालाले स्वच्छ ऊर्जाको आह्वान गरिरहेका छन् । आर्थिक तथा प्राविधिक रूपमा सम्भावनाको १० प्रतिशत विद्युत... ...

गोरखापत्र
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
Latest NewsJust now

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement