Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
Photo / Coverage: केन्द्रबिन्दु

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए । “माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ”, योजना प्रमुख बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।” पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो । यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकीय गन्तव्यका रुपमा पनि मुलुकमै परिचित पुलमा पर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई... ...

रातोपाटी
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश
Latest NewsJust now

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा।लि। द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी ...

लुम्बिनी सञ्चार
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समि... ...

गोरखापत्र
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement