Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
Photo / Coverage: केन्द्रबिन्दु

सुनसरी । इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उनले पुर्खादेखि गर्दै आएको पेसा छाडेका छैनन् । आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताए । पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उनको अनुभव छ । “पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटोको सामग्री बनाउन सजिलो भएको छ यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ”, पण्डितले भने । माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ । वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताए । “हेर्दा सजिलोजस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ । सुरुमा माटो ल्याउनुपर्छ । त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ”, उनले भने । सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताए। माटो ढुवानीका लागि ट्र्याक्टरमा रु १० हजारदेखि रु १५ हजारसम्म र टिपरमा ल्याउँदा रु २० हजारसम्म खर्च हुने गरेको उनको भनाइ छ । एक गाडी माटोबाट करिब रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिए । तिहार र छठ पर्वका समयमा मात्रै रु एक लाखदेखि रु दुई लाखसम्मका सामग्री बिक्री हुने गरेको उनले जानकारी दिए । “यो हाम्रो पुर्ख्यौली पेसा हो । आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन । वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छ र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ”, पण्डितले भने । आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उनी बताउँछन् । स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उनको भनाइ छ । पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । त्यसैले बिक्रीका लागि बजारको समस्या छैन । माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् । “बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ । यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुर्ख्यौली पेसा जोगाउन पाउँदा खुसी छु”, पण्डितले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

सर्लाहीमा अदालतबाट सजाय तोकिएका १० जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई... ...

रातोपाटी
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश
Latest NewsJust now

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा।लि। द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी ...

लुम्बिनी सञ्चार
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समि... ...

गोरखापत्र
विभिन्न संसदीय समितिको बैठक बस्दै
Latest NewsJust now

विभिन्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement